RUMPUM
animated ellipse animated ellipse

सिजन गुरुङलाई रिहाई गर्न माग गर्दै काँग्रेसद्वारा सदन अबरुद्ध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०७५, सोमबार ०६:३७
3
Shares
विराटनगर । मुलुक संघीयतामा गएपछि अभ्यास सुरु भएको प्रदेश संसदको कार्वाही १ नम्बर प्रदेशमा आइतबार पहिलो पटक विपक्षी दलको विरोधको कारण अबरुद्ध भएको छ ।

संसदको पहिलो अधिवेशनमा कुनैपनि विषयमा असहमतिसमेत दर्ज नगरेको विपक्षी दल नेपाली काँग्रेसले आइतबार भने गुण्डा नाइकेको रुपमा चिनिएका सुनसरीका सिजन गुरुङलाई रिहाई गर्न माग गर्दै सदन अबरुद्ध गरेको हो ।

स्थानीय व्यक्तिको जग्गा हडपेको, सार्वजनिक स्थलमा कुटपिटमा उत्रिएको र धाकधम्की दिएको आरोपमा पक्राउ परेका नेपाल तरुण दल सुनसरीका सभापतिसमेत रहेका गुरुङको रिहाईको माग गर्दै काँग्रेसले संसद अबरुद्ध पारेको हो । सभामुख प्रदिपकुमार भण्डारी बैठक कक्षमा पुग्नसाथ काँग्रेसका सांसदहरु प्रदेश सभामा रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।

सभामुख भण्डारीले उनीहरुलाई पटक–आफ्नो आसनमा बस्न आग्रह गर्नुभएको थियो । तर, उनीहरुले मौन रुपमा रोष्ट्रम घेराउ गरेपछि उहाँले काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीलाई बोल्न समय दिनुभएको थियो । कार्कीले गुरुङलाई बिनाकारण राजनीतिक आस्थाको आधारमा थुनामा राखेको भन्दै उनी रिहा नभएसम्म र प्रदेश सरकारले यसबारे जवाफ नदिएसम्म संसद चल्न नदिने बताए ।

कार्कीले बोलेपछि सभामुखले सांसदहरुलाई आफ्नो आसनमा बस्न आग्रह गर्दा उनीहरु रोष्ट्रम अगाडि उभिइरहेपछि १० मिनेटको लागि संसद स्थगित गरेका थिए। काँग्रेस सांसदहरुले गुरुङको पक्राउको सम्बन्धमा प्रदेश सरकारको धारणा नआएसम्म संसद चल्न नदिने चेतावनी दिएपनि १० मिनेटपछि सहमतिमै संसद सुचारु भएको थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री विराटनगर बाहिर भएको कारण सोमबार बस्ने बैठकमा जवाफ दिने सहमति भएपछि बैठक सुचारु भएको हो । आइतबारको बैठकमा पनि सांसदहरूले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता र प्रमुख नीति सहितको पूर्व बजेट सम्बन्धमा छलफल गरेका छन् । छलफलमा बोल्दै सांसदहरु नारायणबहादुर मगर, सीता थेबे, कुलप्रसाद साम्बा, एशोदा अधिकारी, कुशुम श्रेष्ठलगायतले आउने बजेटको प्राथमिकताका विषयमा बोलेका थिए । यो खबर आजको जनविद्रोह दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर