केभीएममा अभिभावक अभिमुखीकरण

खबर पूर्वाञ्चल, १९ जेष्ठ २०७५, शनिबार १९:०६

विराटनगर / विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरमा मोन्टेश्वरी स्तरीय अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्कूलले आज एक कार्यक्रमविच मोन्टेश्वरी स्तरीय अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको हो । स्कूलका प्रिन्सिपल धीजनबाबु काफ्लेले गत शैक्षिक सत्र देखि स्कूलमा लागू गरिएको मोन्टेश्वरी विधि प्रति अभिभावकहरुले दर्शाउनु भएको अभिरुचिका लागी आभार व्यक्त गरे ।

प्रशिक्षक संस्था सि.टि.एफ. नेपालको कार्यक्रममा प्रशिक्षकद्वय ट्रीजा सुब्बा र सुशील न्योपानेले बाल मनोविज्ञान आधारित शिक्षण सिकाई को विधि मोन्टेश्वरी प्रणालीको महत्व बारे चर्चा गरीन् । अभिभावक हरुबाट बाल–बालिकाको संतुलित विकासमा सहयोगी भूमिका अपेक्षित हुने बताए । स्कूलका निर्देशक राजेशकुमार दासले मन्टश्वरी विधिले अध्यापन गर्दा कक्षाको अन्तिम विद्यार्थीसमेत मूलधारमा समेटिने हुँदा परम्परागत विधि भन्दा मन्टेश्वरी विधि उत्कृष्ट रहेको बताए । अभिभावक अभिमुखीकरण एक सय जना अभिभावकको उपस्थिति रहेको स्कूलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.