पूर्वाञ्चल खबर
प्रदेश नं १ को आजदेखि शुरु भएको बर्खे अधिवेशनको पहिलो वैठकमा प्रदेश सदस्यहरुले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनीहरुले वाढी नियन्त्रणका लागि क्षेत्र विकास आकस्मिक कोषको रकम वाँडफाँडमा निर्वाचित सदस्यहरुले समन्वय नगरेको,आमाको नाममा छोराछोरीले बंशजको नाममा नागरिक पाउनु पर्ने विषय उठाए ।
यसैगरी सदस्यहरुले प्रदेशको नामाकरण र स्थायी राजधानी चाँडै तोकिनु पर्ने , प्रदेश सरकारमा महिला मन्त्री नभएको अविलम्व ३३ प्रतिशत अधिकार कार्यान्वयन हुनुपर्ने, विराटनगर जूट मिल सञ्चालनका लागि प्रदेश सरकारले अध्ययन गर्नु पर्ने माग गरेका छन् ।
गणतन्त्र दिवसलाई राष्ट्रिय दिवस घोषणा गरी सार्वजनिक विदा दिनु पर्ने,जनयुद्धका छुट भएका सेनानीहरुलाई राज्यले सम्वोधन गर्नु पर्ने तथा उनीहरुलाई प्रदान गरिएको जिविकाभत्ता न्यून भएकोले थप गर्नु पर्ने ,अरुण तेश्रो जलविद्युत संझौताको नाफा घाटा सम्वन्धमा सदनमार्फत जानकारी पाउनु पर्ने विषयमा सदस्यहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
यसरी आज प्रदेश सभाका ध्यानाकर्षण सदस्यहरुमा इन्दिरा राई,सावित्रा कुमारी रेग्मी, सन्जाकुमारी दनुवार र मोहनकुमार खड्का हुनुहुन्छ ।