अपराध नियन्त्रण गर्न जुनुसुकै कदम चाल्न सरकार पछि नहट्ने – ’मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७५, सोमबार १९:०३

कुमोद अधिकारी
विराटनगर / एक नम्वर प्रदेश सरकारले घोषणा गरेको जनतासँग प्रहरी कार्यक्रम अन्तगर्त १४ वटै जिल्लामा स्टिकर टाँस्ने अभियान आजदेखि सुरु गरेको छ । आज १४ वटै जिल्लामा एकसाथ स्टिकर टाँस्ने अभियान सुरु गरिएको हो ।

औपचारिक कार्यक्रमबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत मन्त्री, महानगरपालिका प्रमुुख, प्रमुुख जिल्ला अधिकारीले स्टिकर टाँसेर अभियान शुभारम्भ गरे । मुख्यमन्त्री राईले यो कार्यक्रमले १४ वटै जिल्लाका दश लाखभन्दा धेरै घरलाई समेट्ने र सुरक्षाकर्मीसँग जनताको सहज पहुँच अभिवृद्धि गर्नेमा जोड दिए ।

’मुख्यमन्त्री राईले प्रदेश सरकार अपराध नियन्त्रण गर्न जुनुसुकै कदम चाल्न पनि पछि नहट्ने र त्यसको प्रत्याभूति जनतालाई हुने गरी काम गर्ने बताए ।

एक नम्वर प्रदेशका १० लाखभन्दा वढि घरहरुमा स्टििकर टासगर्ने प्रदेश सरकारले लक्ष्य लिएको छ । आगामी एक महिनाभित्र एक नम्वर प्रदेशका सवैघर , कार्यालय तथा उधोग, प्रतिष्ठानहरुमा स्टिकर टास गरि सक्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले वताए ।

आदर्श उच्चमावीवाट वाजा गाजा सहित निस्केको ¥यालीमा सहभागी मुुख्यमन्त्री राई, प्रदेश सरकारका मन्त्री हिकमत कार्की, जिवन घिमिरे विराटनगर महागनरपालिकाका प्रमुख भीम पराजुुली , उपप्रमुुख इन्दिरा कार्की, मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद अर्चाय , एक नम्वर प्रदेशका प्रहरी प्रमुुख केदार रिजाल, मन्त्रालयका सचिवहरुले घरघरमा पुुगेर स्टिकर टास गरेका थिए । अभियानमा सरकारी कर्मचारी प्रहरी, उधोगी व्यापारी, विद्र्याथीहरुको उल्लेखनिय सहभागिता थियो ।

स्टिकरमा गाउँघरमा कुनै घटना÷दुर्घटना भएमा वा सुरक्षा आवश्यक परेमा प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलफ्रीदेखि गुनासो सुन्ने अधिकारीको मोबाइल तथा फोन नम्बर, संघीय प्रहरी इकाई कार्यालय धरान, सम्बन्धित जिल्ला प्रहरी कार्यालयको फोन नम्बर उल्लेख गरिएको छ । आन्तरिक मामिला तथा कानुुन मन्त्रालयको संयोकत्वमा स्टिकर टास अभियान शूूरु भएको हो । अभियान एक महिनासम्म सञ्चालन हुुने छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५