पूर्वाञ्चल खबर
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर बन्द इजलास तीन दिन हुँदा पनि गोरेको बयान नसकिएको हो ।
ठूलो मुद्दा र प्रतिवादीहरु धेरै हुँदा यस मुद्दाका मुख्य अभियुक्त गोरेको बयान लम्बिएको जिल्ला अदालत मोरङले जनाएको छ । उनले अदालतका न्यायाधीश समक्ष २७ पृष्ठको बयान दिएको स्रोतले बताएको छ । गोरेको बयान लम्बिएको कारणले गर्दा उनको बयान आइतबार पनि हुने जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । गोरेको बयान आइतबार दिउँसोसम्म सकिए सोही दिन र ढिलो सकिए सोमबार थुनछेक बहस हुने अनुमान गरिएको छ ।