असहाय र विपन्न परिवारलाई ६ महिना पुुग्नेगरी खाद्यान्न वितरण

खबर पूर्वाञ्चल, ५ जेष्ठ २०७५, शनिबार १७:१६

कुुमोद अधिकारी
विराटनगर / विराटनगर महानगरपालिका–१ मा रहेको एउटा संस्थाले असहाय, अपांग तथा काम गर्न नसक्ने २० परिवारलाई जिविको पार्जनका लागि आगामी ६ महिनासम्म खाद्यान्न उपलव्ध गराउने भएको छ ।

हामी पहिले मानव हौ नामक संस्थाले विराटनगर महानगरपालिकामा रहेका त्यस्ता परिवारलाई खादान्नको व्यवस्था मिलाएको हो । संस्थाले विराटनगर स्थित परोपकार घाटमा आज एक कार्यक्रमको आयोजनागरी ती परिवारलाई चामल, दाल, तेल, नुुन जस्ता आवश्यक खाद्यान्न वितरण गरेको छ ।
नेपाल कम्युुनिष्ट पाटीका नेता एंव सांसद शिवकुुमार मण्डल र संस्थाकी अध्यक्ष रिता पन्तले सयुुक्त रुपमा ती परिवारलाई खाद्यान्न वितरण गरेका थिए ।

आफैले लगानी लगाएर ६ महिनासम्म दिन दुखीलाई खाद्यान्नको व्यवस्था मिलाएको अध्यक्ष पन्तको भनाई छ । विराटनगर–१ को नमुुनामार्गमा रहेको संस्थाले प्रतेक महिनाको पाँच गते ती परिवारलाई खाद्यान्न वितरण गर्ने व्यवस्था मिलाएको छ ।

कार्यक्रममा वोल्दै सांसद मण्डलले वृद्धा आश्रम खोल्ने भन्दा पनि यसरी दिनदुखीलाई सेवा गर्नुु मानव धर्म भएको वताए । उनले घरमा सम्पती हुुदाहुँदैपनि आमा वुुवालाई वुुद्धा आश्रममा लगेर छाडने छोराछोरीलाई राज्यले दण्डित गर्नुु पर्ने कानुुन ल्याउनुु पर्ने वताए ।

कार्यक्रममा वोल्दै संस्थाकी अध्यक्ष पन्तले हामी पहिले मानव भएकाले मानव विच भाइचाराको सम्वन्ध स्थापित गर्न र सवै धर्म जातीलाई सम्मान गर्न नैतिक शिक्षा आजको आवश्यकता भएको वताइन् ।

संस्थाले आमावुवाको निस्वार्थ सेवा गर्ने सन्तान तथा दाइजो नलिई विवाह गर्ने व्यक्तिलाई समेत सम्मान गरेको थियो । संस्थाले विराटनगर स्थित मोरङ कारागारमा रहेको ४० जना महिला कैदीहरुलाई नैतिक शिक्षा तथा सुुरक्षा गार्डलाई समेत सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको संस्थाकी अध्यक्ष पन्तले वताइन् । संस्थाले अपांग तथा असहाय परिवारका लागी घरटहरा समेत निमार्ण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.