पूर्वाञ्चल खबर



प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दासले निजी विद्यालयहरु पनि कला साहित्य क्षेत्रको विकासमा लाग्ने बताए । प्राज्ञ विवश पोखरेलले नाटक उत्सव नयाँ कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्ने आधार भएको बताए । प्याब्सन मोरङका उपाध्यक्ष प्रेमलालसिंह सुवालले शिक्षाको क्षेत्र बृहत भएकाले विद्यालयहरुले अतिरिक्त क्रियाकलापमा जोड दिदै जाने बताए ।
राज्यले पाठ्य पुस्तकका समावेश नगरेपनि गतबर्षदेखि नाटक जागरण अभियान सुरु गरेको समेरु कला सरोवका अध्यक्ष सुलवमणी सापकोटाले जानकारी दिए । उनका अनुसार गतबर्ष वाइवाई को सुनसरीमा पनि अभियान आयोजना गरिएको थियो ।
प्याब्सन मोरङको सहयोगमा मोरङका आयोजना गरिएको उत्सवमा जिल्लाभरका ८५ वटा सामुदायिक र निजी विद्यालयहरुले बढिमा १५ मिनेटको दरले ८५ वटा नाटक मञ्चन गर्दैछन् । शुक्रवारदेखि १० दिन सम्म निरन्तर नाटक मञ्चन गरिने छ ।
शुक्रवार चार वटा नाटक मञ्चन
विराटनगर ४ मा रहेको गोग्राह माध्यमिक विद्यालय, विराटनगर–१२ मा रहेको गोदावारी स्कूल, विराटगर ११ मा रहेको सगरमाथा स्कूल र रंगेली ६ मा रहेको माउण्ट मकालु स्कूलले सहभागिता जनाएका छन् । उत्सवमा गोदावरी र गोग्राहले बाल विवाह शिर्षकको नाटक मञ्चा गरेका थिए भने माउण्ट मकालुले वान वे नाटक मञ्चन गरेको थियो । सगरमाथाले आमा बुबाको माया नाटक मञ्चन गरेको थियो । उत्सवमा सहभागि मध्येबाट उत्कृष्ठ १० नाटक छनोट गरिने छ । उत्सवको निर्णयकमा बरिष्ठ रंगकर्मी लोकमणी सापकोटा, रंगकर्मी मुकेश कर्ण र दिपेश भण्डारी रहनेछन् ।