AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ओली सरकार सय दिन पुगेकै दिन इन्धनको मूल्य वढ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ जेष्ठ २०७५, बिहीबार ०८:४९
3
Shares
काठमाडाैँ / नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वढाएको छ । बुधबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ।

केपी ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेकै दिन इन्धनको मूल्य बढेको हो। यो अबधिमा चार पटक मूल्यवृद्धि भइसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वढाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर एक सय १० र डिजेल र मट्टितेलको मूल्य ९२ रुपैयाँ पुगेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर