पूर्वाञ्चल खबर
आज भएको अन्तिम क्वाटर फाइनल खेलमा बिभागिय टिम पुलिसले होराइजन क्रिकेट क्लब बिराटनगरलाई ४ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ३६ रनको योगफल खडा गरेको थियो । पुलिसका लागी सिद्धान्त लोहनीले सर्वाधिक ४९ रनमा नटआउट रहे । यस्तै प्रेम तामाङले २९ रन बनाउँदा योगेन्द्र कार्कीले १५ रन र कुशल भुर्तेलले १४ रन बनाए । बिराटनगरका राज थापा र मनोज तामाङले १–१ विकेट लिए ।
जवाफमा १ सय ३७ रनको बिजयी लक्ष्य पछ्याएको बिराटनगर २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रनमा समेटिएपछी पुलिस ४ रनले बिजयी भएको हो । होराइजनका लागी रवि रोयले सर्वाधिक ५३ रन बनाउँदा पुष्प थापाले १६ रन र मिनस थापाले १३ रन तथा लव कामतले ११ रन बनाए । पुलिसका मञ्जित श्रेष्ठ एकल्लैले ४ विकेट लिए । बुधबारकोे पहिलो सेमिफाइनल खेल आयोजक सेभेनस्टार क्लब इटहरी र नेपाली सेनाको त्रिभुवन आर्मी बिच प्रतिष्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेल झापा र पुलिस क्लब बिच हुनेछ ।