पूर्वाञ्चल खबर
आज बिहान परेको बर्षाका कारण मैदान हिलाम्मे भएपछी आयोजक सेभेनस्टार क्लब इटहरी र नेपाली सेनाको त्रिभुवन आर्मी बिचको खेल स्थगित भएको हो ।
आज स्थगित भएको खेल बुधबार हुने आयोजक सेभेनस्टार क्लबका सचिव सीपी पौडेलले जानकारी दिए । आर्मी शनिबार सम्पन्न उद्धघाटन खेलमा सप्तरी माथी जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । यस्तै बन्दका कारण महाकाली क्रिकेट क्लब महेन्द्रनगर खेल्न नआएपछी आयोजक क्लब बाइ पाएर सिधै सेमिफाइनल प्रवेश गरेको होे ।
मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा बिभागिय टिम नेपाल पुलिस क्लब र बिराटनगर बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा २ बिभागिय टिम नेपाल पुलिस तथा आर्मी सहित आठ टिमको सहभागीता रहेको छ । नक आउट प्रणालीमा खेलाईने प्रतियोगिताको बिजेताले ७५ हजार नगद सहित टफी र दोस्रो हुने टीमले ४० हजार नगद सहित टफी पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याष्टमेनले जनही १० हजार नगद र ट्रफी प्राप्त गर्ने छन् ।