AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एकपटक ‘आरक्षण’ सुविधा लिएका कर्मचारीले अब ‘बढुवा’मा साे सुविधा नपाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०७५, सोमबार ०७:४६
3
Shares
काठमाडौं / सरकारी जागिरको अवधिभरमा एकपटक मात्रै आरक्षण पाइने भएको छ। आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भइरहेको निष्कर्ष निकाल्दै सरकाले एक व्यक्तिले एक पटक मात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो। कर्मचारीले सेवा प्रवेश गर्दा आरक्षण सुविधा लिएमा बढुवामा साे सुविधा नपाउने व्यवस्था गर्न लागिएकाे हाे ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार पारको संघीय निजामती कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटक मात्रै आरक्षण दिने व्यवस्था गरिएकाे छ ।

मस्यौदा पास भएपछि निजामती सेवामा जनजाति, महिला, दलित, अपांग र पिछडिएका वर्गले पाउने आरक्षण अन्तर्गत एक जनाले एकपटक मात्रै आरक्षण आउनेछन्। आरक्षण पाउने जाति र वर्गअन्तर्गत एकै व्यक्तिले सधैं पाइरहने अवस्था रोक्न यस्तो व्यवस्था गर्न लागिएको हो। आजको आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर