पूर्वाञ्चल खबर
इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रनको विशाल योगफल खडा गरेको थियो । सुनसरीका लागी विवेक मेहेताले सर्वाधिक ६३ रन बनाउँदा अफजल हुसेनले २८ रन, विप्लव घोषले १९ रन र सरोज बस्नेतले १७ रन बनाए । झापाका राज थापा र मनोज तामाङले १–१ विकेट लिए ।
जवाफमा १ सय ६३ रनको विशाल विजयी लक्ष्य पछ्याएको झापाले १८ दशमलव ४ बलमा ३ विकेट गुमाउँदै सो विजयी लक्ष पार गरेको थियो । झापाको जितमा अंकित सुबेदीले सर्वाधिक १ सय १ रनमा अविजित रहन्दै झापालाई विजयी बनाए । सोनी पुनले २२ रन बनाउँदा सुमन श्रेष्ठले १९ रनको योगदान दिए । सुनसरीका सम्साद अन्सारीले १ विकेट लिए ।
खेलको म्यान अफ द म्याच झापाका अंकित सुवेदी घोषित भए । उनले नगद १५ सय सहित ट्रफी पाए । सोमबारको पहिलो सेमिफाइनल खेल आयोजक सेभेनस्टार क्लब इटहरी र नेपाली सेनाको त्रिभुवन आर्मी बिच प्रतिष्पर्धा हुने आयोजक सेभेनस्टार क्लबका सचिव सीपी पौडेलले जानकारी दिए । आर्मी शनिबार सम्पन्न उद्धघाटन खेलमा सप्तरी माथी जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । यस्तै बन्दका कारण महाकाली क्रिकेट क्लब महेन्द्रनगर खेल्न नआएपछी आयोजक क्लब वाइ पाएर सिधै सेमिफाइनल प्रवेश गरेको होे ।