विश्व परिवेशमा सहकारीको वर्तमान अवस्था

खबर पूर्वाञ्चल, २९ बैशाख २०७५, शनिबार २०:५८
डिल्ली पोखरेल

डिल्ली पोखरेल
आपसमा मिलेर कुनै पनि उद्देश्यमूलक कार्य गर्नु नै सहकारीता हो । मानव विकासको सुरुवाती समय देखिनै कुनै न कुनै रुपले सहकार्य हुँदै आएको पाईन्छ । विश्वमा औपचारिक रुपमा सहकारीको शुरुवात भएको झन्डै १ सय ७५ बर्ष पुगेको छ । यसले बेलायतवाट औपचारिक्ता पाएको हो भने त्यसको नेतृत्व रवर्ट ओवनले गरेका थिए ।

विश्वमा सहकारीको जन्म हुनुमा औधोगिक क्रान्तिवाट सृजित समस्यालाई मानिन्छ । त्यसमा पनि सन् १७५० देखि बेलायतमा भएको औधोगिक क्रान्तिले नै सहकारी जन्मको आधार निर्माण गरेको थियो । ब्यापक रुपमा भएको औधोगिक तथा प्राविधिक परिवर्तनले श्रमिकलाई विस्थापित गरायो । सयौ श्रमिकले गर्ने काम एउटै मेशिनले गर्न थालेपछि रोजगारीको अवशरमा ब्यापक कटौती भयो ।

औधोगिक क्षेत्रमा आश्रित परिवारहरु बेरोजगार बन्न पुगे । कृषि मजदुरहरुको पनि त्यस्तै हालत भयो । उत्पादन त बृद्धि भयो तर रोजगारी भने खोसियो । जसले गर्दा मानिसहरु बेरोजगार बन्न पुगे । आम्दानी हुन छोडयो, चारैतिर हा–हाकारको स्थिती पैदा भयो । साच्चिकै खान नपाएर मानिसहरुले मृत्यु बरण गर्नु पर्ने अवस्थाको सृजना हुन थाल्यो । गरिव र धनी बीचको खाडल आकाशियो । कम लागतमा धेरै बस्तु उत्पादन गरेर छिमेकी राज्यहरुमा समेत बस्तु बिक्रि गरी उद्योगपतिहरु झन झन धनी बन्न थाले । अर्को तर्फ श्रमिकहरु झन झन गरिव बन्न थाले ।

श्रमिकहरुले आफनो रोजगारीको प्रमुख वाधकको रुपमा मेसिन अर्थात प्रविधिलाई लिन थाले ा त्यसैले सन् १८०८ देखि मेशिन विरोधी आन्दोलन शुरु भयो । यो आन्दोलन झन्डै १ दशक सम्म निक्कै तेजिलो रुपमा संचालन भयो । श्रमिक र मालिकहरुका बिचमा ठूलो द्धन्दको स्थिती देखाप¥यो । यसरी आपसी द्धन्दले समस्या सावधान हुन नसक्ने तर्क दिदै बेलायतका रर्वट ओवन लगायतले सहकारीको अवधारणा अघि सार्न थाले । उनले मेशिनको विरोधको विकल्पमा सहकारी अवधारणा अघि सारेका थिए । यहि अवधिमा उनिहरुले आपसमा मिलेर रोजगारी सृजनाका अवशरहरुको खोजी गर्न थाले । अनौपचारिक रुपमा गरिएका यस्ता प्रयासहरु सफल भए पछि सन् १८४४ अक्टोवर २१ का दिन वेलायतमा २८ जना मजदुरहरु मिलेर १÷१ पाउन्ड रकम जम्मा गरी विश्वको पहिलो सहकारीको स्थापना गरे ।

सहकारी स्थापनाको यो क्रम वेलायतमा मात्र सिमित रहेन । वेलायतका श्रमिकहरुको जस्तै समस्या सारा युरोप अझ भनौ विश्वभरी थियो । त्यसताका युरोपमा त औधोगिक क्रान्तकिो बाढी नै आएको थियो । त्यसैले गरिवीको कुचक्रवाट पिल्सीएका अन्य देशका मानिसहरुमा पनि सहकारीको मोह जाग्न थाल्यो । यसक्रममा यहुदी ब्यापारी तथा उधोगपतिहरुको ऋणवाट मुक्ति पाउन जर्मनीका जनताले सन् १८४९ मा बचत तथा ऋण सहकारीको स्थापना गरे । अहिले पनि कृषि अर्थतन्त्रवाट विश्वमा धनि राष्ट्र कहलिएको मित्र राष्ट्र जापानमा सन् १८७९ मा पहिलो उपभोक्ता सहकारीको स्थापना हुन गयो । त्यसैगरी क्यानाडामा सन् १८७० देखि नै सहकारीको शुरुवात भएको थियो भने कृषि सहकारीको क्षेत्रमा क्यानाडा विश्वमै सफल राष्ट्रको रुपमा रहदै आएको छ ।

छिमेकी राष्ट्र चिनमा सन् १९१२ मा औपचारिक रुपमा सहकारी अभियान भित्रिएको पाईन्छ भने भारतमा सन् १९०४ मा विधिवत रुपमा यो अभियान भित्रिएको थियो । खासगरीकन दोस्रो विश्व युद्ध पछिको समयदेखि विश्वभर सहकारी अभियानले तिब्रता पाएको देखिन्छ ।

विश्वमा अहिले ६ अरब भन्दा केही बढी जनसंख्या रहेको अनुमान गरिएको छ । सहकारी क्षेत्रमा आवद्ध जनसंख्या १ अरब ३० करोड रहेको अन्तराष्ट्रिय सहकारी महासंघले जनाएको छ । यसको अर्थ विश्वमा प्रत्येक ६ जनामा १ जना ब्याक्ति सहकारीको सदस्य रहेका छन । तर अधिकांश विकशित देशमा भने सालाखाला प्रत्येक ४ जनामा १ जना सहकारीका सदस्य छन । पछिल्लो तथ्यांक अनुसार नर्वे र क्यानाडामा ३ जनामा १ जना, जर्मनी र अमेरीकामा ४ जनामा १ जना सहकारीका सदस्य छन । त्यसैगरी आयरल्याण्डमा कुल जनसंख्याको ७० प्रतिशत, फिनल्याण्डमा ६० प्रतिशत, अष्ट्रियामा ५९ प्रतिशत र सिंगापुरमा कुल जनसंख्याको ५० प्रतिशत मानिसहरु सहकारीका सदस्य छन ।

त्यसैगरी वेलायतमा ९८ लाख, ब्राजिलमा ५६ लाख, अमेरिकामा ३५करोड र छिमेकी राष्ट्रहरु चिन र भारतमा क्रमश ः १९ करोड र २४ करोड २० लाख मानिसहरु सहकारीमा सदस्यका रुपमा आवद्ध छन् । यस हिसावले हेर्दा के भन्न् सकिन्छ भने प्रत्यक्ष सदस्य आवद्धताको आधारमा विश्वको सबै भन्दा ठूलो क्षेत्र सहकारी हो । विश्वका कुनै ल्न्इ, क्ष्ल्न्इ, राजनितिक दल वा अन्य कुनै संगठनमा पनि यति धेरै संख्यामा सदस्यहरु छैनन् । पछिल्लो समय सहकारी संस्थाहरुको संख्या विश्वमा ३० लाख पुगेको छ ।
सांगठनिक आधारमा मात्र होईन, सहकारी क्षेत्रले ठूलो संख्यामा रोजगारी पनि प्रदान गरीरहेको छ ।

सहकारीको क्षेत्रमा विश्वभर २५ करोड मानिसहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । विश्वको कूल रोजगारीमा सहकारीको योगदान १० प्रतिशत भन्दा माथि रहेको छ । विश्वको सबैभन्दा धनी र सम्पन्न मानिएको अमेरिकामा पनि सहकारीले २० लाख मानिसहरुलाई प्रत्यक्ष रोजगारी दिएको छ । त्यसैगरी फ्रान्स, इटाली र ब्राजिलमा क्रमशः १० लाख, ११ लाख र ३ लाख मानिसहरुले सहकारीवाट प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् ।

महिला शसक्तिकरण र महिला सहभागितामा विश्वभर सहकारी एउटा नमूना क्षेत्रका रुपमा स्थापित छ । विश्व सहकारी अभियानमा महिलाहरुको सहभागिता ४० प्रतिशतको हाराहारीमा छ । नेतृत्वमा पनि महिलाहरुको सहभागिता साच्चिकै उल्लेखनिय छ । विश्व सहकारी अभियानको सर्वोच्च निकाय अन्तराष्ट्रिय सहकारी महासंघको अध्यक्षको रुपमा लगातार दुई कार्यकाल महिलाहरुले नै नेतृत्व प्रदान गरेवाट यस कुराको पुष्टी हुन आउँदछ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५