पूर्वाञ्चल खबर
गुणस्तरिया शिक्षामा ख्यातिप्राप्त विराटनगरको एभरेष्ट उच्च मावीले आफ्नो सुविधा सम्पन्न भवन निर्माणको काम शुरु गरिसकेको छ स्कूले जनाएको छ । अवको अढाई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी स्कुलले ३५ करोडको लागतमा विद्यालय निर्माणको काम शुरु गरेको हो । नर्सरी देखि कक्षा १२ सम्म उढाई हुने देशकै अब्बल शैक्षिक संस्थाको रुपमा रहेको एभरेष्टले वगैचा सहितको शैक्षिक भवनको सिलान्यास गरेको छ ।
निर्माण हुने भवनमा प्लस टु, ब्याचलर र मास्टर्स डिग्रीसहित खेलकुद ग्राम सहितको सुविधा सम्पन्न भवन निर्माण हुने स्कूलका प्राचार्य टीकाराम पुरीले जानकारी दिए ।
प्राचार्य पुरीका अनुसार पहिलो चरणमा १२ करोड लगानी गर्ने गरी हिमालय कन्ष्ट्रक्सनलाई ठेक्का दिईएको जानकारी दिए । विराटनगर ५ शान्तिचोकमा तीन विगाहा क्षेत्रफलमा निर्माण शुरु भएको भवन अढाई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्राचार्य पुरीले बताए ।
प्रदेश नम्बर १ का विद्यार्थीको आकर्षण केन्द्रमात्र हैन स्कूलको नयाँ भवन निर्माण भएसँगै भारतीय विद्यार्थीको पनि आकर्षक शैक्षिक केन्द्र रहने प्राचार्य पुरीको दावी रहेको छ ।