पूर्वाञ्चल खबर
कलेजमा अध्यनरत व्यवस्थापन संकायका ८ औं ब्याचको २ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालीकाका प्रमख भीम पराजुली कलेजका प्रमुख निर्देशक शैलेन्द्र सिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत, कलेजका शिक्षक पूर्ण दाहल र विनोद साहलगायत मन्तव्य राख्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेका थिए । कलेज प्रिन्सिपल ज्ञानबहादुर खडकाको सभापतित्वमा कार्यक्रम भएको थियो ।
विदाई हुन लागेका आर्यन सुवेदी, पेरीस सुवेदी, अजय दनुवार, ऐमन जान, कविता पोखरेल र अप्सरा थापालगायतले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।