AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार ०७:५०
3
Shares
तेह्रथुम / तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएपछि तनाव भएको छ ।

तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै ढंगामुढा गरेका छन् ।

चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । सुत्केरी ब्यथा लाग्ने औषधि दिएपछि सन्तमायाको मृत्यु भएको भन्दै परिवार र महिला अधिकारकर्मीहरूले अस्पताल प्रशासनको चरम लापरबाही भन्दै विरोध गरेका छन् ।

सुत्केरी व्यथा लागेर सुरक्षित सुत्केरीका लागि शनिबार दिउँसो अस्पताल आएकी मगरको उपचार राम्रोसँग नगरेको आफन्तले आरोप लगाएका छन् । रत्नमायाको शवबेडमै राखिएको छ । पत्नीको मृत्युपछि उनका पति टेकबहादुर मगर भने अचेत अवस्थामा अस्पतालको गेट बाहिर अचेत अवस्थामा छन् ।

प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले घटनाबारे आफूलाई अस्पताल प्रशासनले कुनै जानकारी नगराएको बताउनुभयो । जिल्ला अस्पतालका डा.मुक्तिनारायण शाहले आफू जिल्ला बाहिर रहेकोले घटनाको जानकारी नभएको प्रतिक्रिया दिए। यो समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर