पूर्वाञ्चल खबर
जिल्ला अदालतमा उपस्थीत गराएको बेला फोटो खिच्न पुगेका पत्रकार धु्रव भट्टराई र सुनम तिमल्सिना माथी लोहनीले दुब्र्यवहार गरेका हुन् । अदालतबाट बाहिरिदै गरेका आरोपीहरुको भिडियो खिच्ने क्रममा एसएसपी लोहनीले पत्रकार भट्टराईलाई लाती हानेका हुन् ।
प्रहरीले अन्य सबै सुनकाण्डका अभियुक्तहरुलाई हत्कडी लगाएपनि प्रहरीका बालकृष्ण सञ्जेल वाहेकलाई कसैलाई पनि हत्कडी नलगाउँदा लोहनी पत्रकार माथि जथाभाबी आक्रमणमा उत्रिएका हुन । उनले क्यामरा खोस्ने प्रयास गर्नुका साथै अपशव्द प्रयोग गरी गाली गलौज गरेका थिए ।
३३ किलो सुन काण्डका नाइके चूडामणि उप्रेती (गोरे) संलग्न रहेको घटनाका अभियुक्तलाई जोगाउन एसएसपी लोहनीले अपराध महाशाखाको टोली परिचालन गरेका थिए । एसएसपी लोहनीको निर्देशनमा मोरङ पुग्ने अपराध महाशाखाका तत्कालीन डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल विरुद्धपनि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।
समाचार संकलन गर्न पुगेका पत्रकार माथी दुब्र्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले घटनाको भत्सना गरेको छ ।
महासंघ मोरङ कार्यबहाक अध्यक्ष कुमोद अधिकारीले समाचार संकलन गर्न गएका पत्रकार माथी दुर्बयवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गरे ।