पूर्वाञ्चल खबर
दुवै पार्टीद्वारा एकताको खाका तयार गर्न गठित कार्यदल हुँदै अध्यक्षद्वयसहित दुवै पार्टीका वरिष्ठ नेता सम्मिलित एकता संयोजन समितिमा सहमति हुन बाँकी विवादित विषयको टुंगो लगाउने जिम्मा दुई अध्यक्षमा पुगेर अड्किएको छ ।
विवादित विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक छलफल भए पनि त्यसले ठोस निष्कर्ष लिन सकेको छैन। यो खबर आजको राजधानी दैनिकमा छ ।