AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७६, मंगलवार २०:५०
9
Shares
विराटनगर/ प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा राख्ने सरकारले निर्णय गरेको छ ।

नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा वैशाख १९ गतेभित्र गरिसक्न आह्वान गरिएको अवस्थामा सरकारले राजधानीकै माग गरिरहेको धनकुटामा सम्पर्क कार्यालय क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय भएको हो ।

प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रीपपरिषरिषदको आज विराटनगरमा वसेको वैठकले यो सहित विभिन्न १३ वटा निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारको प्रवक्त समेत रहेका हिक्मतकुमार कार्कीले वैठकले कानून मस्र्याैदा सुझाव समितिको म्याद थप गर्ने निर्णय गर्नुका साथै कर्मचारी पदस्थापन तथा सरुवा सम्वन्धी कार्यविधि २०७६ लाई स्विकृति प्रदान गर्ने निर्णय सार्वजनिक गरे ।

यसैगरी धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिनुका साथै प्रदेश योजना आयोगको गठन तथा कार्य संचालन आदेश २०७५ लाई संशोधन गर्ने निर्णय भएको छ । सेवा करारमा इन्जिनियर तथा सब इन्जिनियर छनोट गर्ने कार्यविधि स्विकृत गर्ने, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि २०७६ स्विकृत गर्ने र चैतेधान विशेष सहयोग कार्यक्रम कार्यान्वयन कार्या्विधि २०७५ स्विकृति दिने निर्णय भएको छ ।

चैते धान विशेष सहयोग कार्य कार्यान्वयन कार्यविधि २०७५ लाई स्वीकृत प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीको प्रेस सल्लाहकार धु्रुव सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर