RUMPUM
animated ellipse animated ellipse

श्रीनिवास आचार्य घर फर्कीए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७५, आईतवार १७:११
3
Shares
फाइल तस्वीर
विराटनगर/ अज्ञात समुहको गोली लागि न्यूरो अस्पताल विराटनगरमा उपचारत हिन्दू धर्मगुरु स्वामी पण्डित श्रीनिवास आचार्य डिस्चार्ज भएका छन् ।

विराटनगर-१४ स्थित जतुवामा आयोजित श्रीमद् भागवत पुराणमा सहभागि हुन आएका उनींमाथी गएको चैत्र २५ गते गोली प्रहार भएको थियो । दाहिने छात्तीको माथिल्लो भागमा गोली लागि गम्भीर घाईते भएका उनीं स्थानिय न्यूरो अस्पतालमा उपचाररत रेका थिए ।

आचार्य २१ दिनको उपचार पछि आज दिउँसो डिस्चार्ज भएका हुन् । न्यूरो अस्पतालमा उपचार गराएका उननको उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ । तीन साताको उपचारपछि गुरु श्रीनिवासाचार्यलाई डिस्चार्ज दिने क्रममा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रमम आचार्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्ने बताइएको हो ।

२१ दिन अस्पतालमा उपचार गर्दा कुल खर्च १ लाख ३० हजार रुपैया खर्च भएको अस्पतालले जनाएको छ । औषधीमा २५ हजार रुपैयाको खर्च नेपाल सरकार गृहमन्त्रालयले ब्यहोर्ने बताइएको छ ।

अस्पतालले आचार्यको अवस्थामा धेरै सुधार आएको कारण डिस्चार्ज गरेको जनाएको छ । स्वास्थ्य अनुकुल बातावरणका लागि प्रस्थान जानु अघि पत्रकार सम्मेलन गरी आचार्यले भक्तजन र अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर