पूर्वाञ्चल खबर
कार्यक्रमको शुरुमा कक्षा नर्सरी देखि कक्षा तिनसम्मका स–साना बच्चाहरु भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए । कक्षा एकका सयल अधिकारी र कक्षा दुईका विवेश चौधरी कार्यक्रमको शुरु देखि अन्त्य सम्म नै गौतम बुद्घको भेषमा मञ्चको अग्रभागमा रहेको बोटको छेउमा ध्यान गरीरहेका देखिन्थे, नाट्य मञ्चनको क्रममा बुद्घको भूमिका कक्षा ८ का नकुल वेङगानीले निर्वाह गरेका थिए । कार्यक्रमको क्रममा विद्यार्थीहरुले दुई–दुई वटा शान्ति गीत गायन तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्घमा समर्पित नेपाली भाषामा एक नाटक प्रस्तुत गरेका थिए । उक्त नाटकमा गौतम बुद्घले दिएका सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिइएको थियो । नाटकमा कक्षा पाँच देखि दस सम्मका विद्यार्थीहरु कलाकारका रुपमा सहभागी थिए ।
रक्षा कटुवालले गौतम बुद्घ सम्वन्धि वक्तव्य दिएकी थिइन् भने कार्यक्रमको ८ जना छात्राहरुको सामूहिक नृत्य पनि त्यतिकै आकर्षक रहेको थियो । कार्यक्रममा विषेश भुमिका निर्वाह गरेका शिक्षक अर्जुन चौहान, विनोद चौधरी र बालकृष्ण भट्टराई तथा शिक्षिका मन्जु प्रधानलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले धन्यवाद दिए ।