पूर्वाञ्चल खबर
प्लान इन्टरनेशल नेपाल तथा सेवक नेपालको आयोजना भएको एक दिने सूचना प्रविधि सम्बन्धी तालिममा उल्लेखिय मात्रमा किशोरीहरुको उपस्थीति रहयो । महिलाहरुको सूचना तथा संचार प्रबिधिको क्षेत्रमा पहुँच बढाउने उदेश्यले आयोजना गरिएको उक्त तालिम बुधबार सम्पन्न भएको थियो ।
सुनसरीको विभिन्न स्कूलमा अध्यययरत छात्राहरुले तालिममा सहभागि जनाएका थिए । उक्त तालिमको उद्घाटन नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यलय बिराटनगरकी कम्प्युटर इन्जिनियर किरण चौधरी तथा प्लान इन्टरनेशल नेपालकी क्षेत्रीय प्रबन्धक कलावती चंगवांगले संयुक्तरुपमा गरेका थिए ।
तालिममा प्लान इन्टरनेशल नेपालका सूचना प्रबिधि संयोजक सुनील अर्याल र रोजगार परामर्शदाता महेन्द्र प्रसाईले साइबर सेक्यूरिटी तथा सूचना प्रबिधिको माध्यमले कसरी रोजगारी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा ज्ञान मुलक जानकारी गराए ।
तालिममा कम्प्युटर इन्जिनियर किरण चौधरी, राष्ट्रिय सूचना तथा संचार प्रबिधि परिषदका सदस्य निर्मल तामाङ, कम्प्युटर एसोसियसन नेपाल सुनसरीका सदस्य भीमप्रसाद गिरी, महिला कम्प्युटर प्रशिक्षक मुना गिरी तथा प्लानइन्टरनेशल नेपालका सूचना प्रबिधि प्रबन्धक सुन्दर कार्कीले बोलेका थिए । (प्रशिक्षर्थी पत्रकार)