AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थीमाथी छुरा प्रहार गर्ने आरोपीलाई पक्रन धरानमा गोली चल्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७५, मंगलवार १५:०१
3
Shares
धरान / पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथी छुरा प्रहार गर्ने मुख्य आरोपीलाई पक्राउ गर्न आज दिउँसो एक राउण्ड गोली चलाएको छ ।

धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले चोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय कुम्वे राई छन् । उनलाई पक्राउ गर्ने क्रममा प्रहरी माथि नै राईले अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि प्रहरीले एक राउण्ड फायर गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बताए ।तर प्रहरीले प्रहार गरेको गोलीले राईलाई भने लागेन र फायर खोलेपछि मात्र राईलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

राईको समूहले सोमबार साँझ पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए । उनीहरुबाट मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको थियो ।

छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ भने सुजन खड्काको भने हातमा समेत चोट लागेको छ । घाइते विद्यार्थीहरुको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सापकोटाको अवस्था सामान्य रहेपनि खड्कालाई भने तत्काल आइसियुमा भर्ना गरिएको थियो । खड्का पनि अहिले खतरा मुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

घटनामा संलग्न रहेका विज्ञान लिम्बु सोमबार रातीनै पक्राउ परेका थिए भने आज बिहान कुम्बे राई र लिम्बे भनिने विकेन लिम्बूलाई पक्राउ गरेको छ । उनीहरुमाथि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर