खबर पूर्वाञ्चल
रासस प्रदेश कार्यालयको स्थलगत निरीक्षण गर्दै मन्त्री आङवोले यस कार्यालयलाई आवश्यक पर्ने सञ्चार उपकरण लगायतका सामाग्रीको सहयोग गर्ने बचनबद्धता प्रकट गरे । प्रदेश सरकारसँग सीमित साधन स्रोत रहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री आङबोले नेपालको यस कार्यालयको लागि नयाँ भवननै निर्माण हुनु पर्ने देखिएको सुझाव दिए ।
रासस सञ्चालक समितिका सदस्य दयाराम दाहाल‘शुलभ’ले यस प्रदेश अन्तर्गत विराटनगर र झापाको कार्यालयको भौंतिक अवस्थाबारे जानकारी गराउँदै विराटनगरमा कार्यालय भवनको निर्माण वा मर्मतका लागि प्रदेश सरकारबाट सहयोग गर्न आग्रह समेत गरे । सो अवसरमा १ नम्बर प्रदेशका राससका कार्यालयका प्रमुख प्रभाषचन्द्र झाले प्रदेश सरकार र प्रदेशको संसदको गतिविधिलाई समाचारमा प्रमुखता दिँदै आइरहेको जानकारी गराउँदै नेपालको एकमात्र समाचार संस्थालाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरे ।
सो अवसरमा राससका वरिष्ठ समाचारदाताद्वय सुरेश झा,मोहम्मद शदरुल र समाचारदाता मनोज दाहालले मन्त्री आङबोलाई कार्यालयको बस्तुस्थितिबारे जानकारी गराएका थिए ।