RUMPUM
animated ellipse animated ellipse

गाउँमा कविताको २३ औं शृंखलामा चारजना कवि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ बैशाख २०७५, शनिबार २१:२०
3
Shares
विराटनगर / झोराहाट नाट्य समूहको नियमित साहित्यिक कार्यक्रम गाउँमा कविताको २३ औं शृंखला आज सम्पन्न भएको छ ।

मोरङको झोराहाटस्थित नाटकघरमा आयोजित कार्यक्रममा चारजना कविले आ–आफ्ना कविता वाचन गर्नुभयो । कार्यक्रममा सुनसरीका प्रल्हाद पहरेदार, मोरङका उमेश राई अकिञ्चन, झापाका विराट किराँती र धनकुटाकी कल्पना काफ्लेले चार–चारवटा कविता प्रस्तुत गरे ।

विगत दुई वर्षदेखि झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार चारजना कविको कविता वाचन कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा पहरेदारले ‘कहिल्यै भुल्न पनि नसकिने’, ‘पर पानी पर’, ‘शिक्षक’, अकिञ्चनले ‘बाराक ओबामा’, ‘सोल्टिनी सहर’, ‘मोनालिसा र मार्च–८’ र ‘च्वे गाभारालाई प्रश्न’, किराँतीले ‘तस्बिरमा मेरी आमा’, ‘दिलसरा’, ‘मुर्कुटाहरु’ र ‘यलम्बरको आगमन’ शीर्षकका कविता वाचन गरेका थिए ।

त्यस्तै काफ्लेले ‘माटो हराएपछि’, ‘मेरो धरती’, ‘चिठ्ठी हरायो कता’ र ‘भन्नै लाज लाग्छ’ छन्दोबद्ध कविता प्रस्तुत गरिन् । कविता वाचन गर्नु सुरु हुनुभन्दा अगाडि प्राज्ञ विवश पोखरेल र समाजसेवी श्याम पौडेलले चारैजना कविलाई माला लगाएर मायाको चिनो प्रदान गरे । झोराहाट नाट्य समूहले यही वैशाख २२ गते विशेष समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरिरहेको अध्यक्ष भरत गुरागाईंले जानकारी गराए । समूहले समय–समयमा अन्य साहित्यिक कार्यक्रमका साथै नाटक मञ्चनसमेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर