खबर पूर्वाञ्चल
नेपाल पत्रकार महासघ बिराटनगरको सभाहलमा आज एक कार्यक्रम गरि एल्वम विमोचन गरिएको हो । इन्द्रेणी कला प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा नेपाली एवं मैथली साहित्यकार डा. राजेन्द्र विमलकोे प्रमुख आतिथ्यता तथा रेडियो नेपालका गायक एवम इन्द्रेणी कला प्रतिष्ठानका अध्यक्ष रामा मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
एल्वम विमोचनमा समारोहमा समाजसेवी देवकिशन मुन्द्रा ,समाजसेवी अभाअनुपम ,नेपाल पत्रकार महासघका कार्यवाहक अध्यक्ष कुमोद अधिकारी,मधेश पत्रकार समाज मोरगका अध्यक्ष श्यामसुदर सुतिहार ,नेपाली काग्रेस मोरगका पूर्व जिल्ला सचिब यदु बिष्टलगायतले बोलेका थिए । एल्वममा ४ वटा गीतहरु समावेश गरिएको छ एल्वममा गायक वलबहादुर राजबंशी ,सपना गिरी,सागर दाहाल ,सगीत दाहालको स्वर रहेको छ भने सगीत अर्जुन सेन्चुरी र बलबहादुर राजवंंशीको रहेको छ ।
एल्वममा समावेश गरिएको किन बस्यौ यी आखामा बिलाई जाने भएको म्युजिक भिडियो पनि निर्माण गरिएको छ म्युजिक भिडियोमा सञ्चारकर्मी तथा मोडल प्रतीक श्रेष्ठ र दीप्मा वस्नेतको अभिनय रहेको छ । म्युजिक भिडियोलाई निरज तिम्सीना र वीरेन्द्रले निर्देशन गरेका हुन् । वीरेन्द्रको यस अघि मन आमाका एल्वम समेत बजारमा आइसकेको छ ।