खबर पूर्वाञ्चल
उच्च शिक्षा सुधार परियोजनाको तत्वावधानमा त्रिविले गुणस्तरीय शिक्षा प्रदान गर्न अवलम्बन गरेका नीति नियम र यसको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्नेबारे विराटनगरमा आयोजित क्याम्पस प्रमुखहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति खनियाले नमूना विश्वविद्यालयको रुपमा संसारमा उत्कृष्ट हजारभित्र त्रिभुवन विश्वविद्यालयलाई पार्न आफ्नो कार्यकालमा प्रयत्न गरिने बताए ।
विश्वविद्यालयलाई सकेसम्म प्रविधिमैत्री प्रशासनमा रुपान्तरण गर्दै सकेसम्म पेपरलेस नभएपनि लेस पेपर प्रयोग गर्ने प्रक्रियाको टेक्नोलोजिमा लैजानुपर्ने आवश्यकता रहेको उपकुलपति प्रा.डा. खनियाले बताए ।
कतिपय क्याम्पसहरुमा पठनपाठन हुने विषयहरुमा विद्यार्थी संख्या न्यून रहेकोमा विद्यार्थीले किन विषय छोडे भनेर सम्बन्धित विषय शिक्षकले समिक्षा गर्नुपर्ने अवस्था आइरहेको बताउँदै उनले विद्यार्थीले छोडेका विषय शिक्षकहरुलाई त्रिविले पनि छोड्दै जानुपर्ने बाध्यता रहेको बताए ।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुधा त्रिपाठीले प्रश्नपत्र निर्माणमा परिवर्तन गर्नुपर्ने बताइन् । उनले परीक्षा सञ्चालन प्रणालीमा सुधार आवश्यक भएको हुँदा प्रश्नपत्र निर्माण तहदेखि नै अभिमुखीकरण जरुरी भएको बता बताइन् । सेमेस्टर प्रणालीले अब कक्षाकोठामा शिक्षक विद्यार्थीको उपस्थिति अनिवार्य हुने हुँदा गुणस्तरीय शिक्षाको लागि यसले मद्धत गर्ने धारणा व्यक्त गरीन् । उनले प्राविधिक जनशतिm उत्पादन गर्ने खालको शिक्षाका लागि सरकारले पनि प्रयाप्त बजेट छुटाएको खण्डमा मात्र प्राविधिक शिक्षा प्रदान गर्न सकिने जानकारी दिइन् । दुई दिनसम्म चल्ने सो कार्यक्रममा प्रदेश नं १, २ र ३ अन्तर्गतका २० अांगीक क्याम्पसका प्रमुखहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा सेमेस्टर प्रणलीको विशेषता, त्रिवि सेमेस्टर प्रणलीको अभ्यास, त्यसको सकारात्मक प्रभाव, सम्भावित चुनैति र समाधानका विषयमा छलफल हुनेछ ।