AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाली कांग्रेस नगरको शुभकामना आदानप्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ बैशाख २०७५, बिहीबार १७:१०
3
Shares
विराटनगर/ नेपाली कांग्रेस विराटनगर महानगर समितिले विहिवार विराटनगरमा नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय ,केन्द्र र प्रदेशको निर्वाचन सकिएर लामो समय पछी नेपाली कांग्रेस विराटनगर नगर समितिले पहिलो सार्वजनिक कार्यक्रम गरेको हो ।

नेपाली कांग्रेस विराटनगर समितिका सभापती भीम पराजुली विराटनगर महानगरको मेयरमा विजयी भएको लामो समयपछि नगरले शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिलालले काग्रेसले सच्चिएर अगाडी वढ्न आवश्यक भएको बताएका थिए । काग्रेस धेरै कुरा चुकेको छ ,अव सवैकुराको अवस्था विचारेर नयाँ उचाई प्राप्तीमा काग्रेसले काम गनुपर्छ । केन्द्रियसदस्य रिजाल भने अव जनताको भावना कांग्रेसले बोक्न सक्नुपर्दछ ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डीला संग्रौला,अमृत अर्याल,प्रदेशसभा सदस्य केदार कार्की,विराटनगर महानगरका मेयर भीम पराजुली ,नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे लगायतले सवैको भावनाको कदरहुने गरी कांग्रेसले काम गर्नुपर्ने धारणा व्यक्त गर्नु् भएको थियो ।

अव तुष नराखौ – पराजुली

नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति बहाल रहदै विराटनगर महानगरका मेयर भएका भीम पराजुलीले निर्वाचनमा भएका कुरालाई तुषकारुपमा राखेर काम गर्नु नहुने धारणा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका केही नेताहरु निर्वाचनका समयमा भएका घटनाक्रमलाई लिएर अझैपनि दोषारोपणमा उत्रिएका छन् । नगरसमितिकै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मेयर पराजुुलीले भने ‘निर्वाचनका बेला जे भए अव त्यसखाले गतिविधि आजैवाट वन्द गरौ र नयाँ रणनीतिका साथ कांग्रेसलाई अगाडी वढाऔ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर