AArya
RUMPUM
animated ellipse animated ellipse

बलत्कार गरेको आरोपमा नोवेलको डाक्टर पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०७५, बिहीबार १९:२२
3
Shares
विराटनगर / मोरङ प्रहरीले बलत्कार गरेको आरोपमा विराटनगर स्थीति नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

नोवेल मेडिकल कलेजमा एम. बी.बी.एस ९ औं ब्याचमा अध्ययनरत मनिष मिश्रलाई मोरङ प्रहरीले आज पक्राउ गरेको हो ।

सप्तरीको वेलाही गाउँपालिका ४ का २२ वर्षिय मिश्रले सुनसरी इहटरी घर भएकी किशोरीलाई वलत्कार गरेका थिए । मोरङ प्रहरीका प्रमुख एसपी अरुणकुमार विसीले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा कायरत स्टाफ नर्सलाई मिश्रले विराटनगरको दुधफारममा रहेको आफनो कोठामा बोलाएर मंगलवार साँझ वलत्कार गरेको बताइएको छ ।

किशारीले वुधवार डा. मिश्र विरुद्ध किटानी जाहेरी प्रहरीमा दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीबिच दुई सातअघि मात्र चिनजान भएको बताइएको छ । प्रहरीले मिश्रलाई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर