AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७५, मंगलवार १८:५७
3
Shares
विराटनगर / १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ ।

विराटनगरस्थित सहिद रंगशालामा सुरु भएको जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा ५० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ ।

आजै भएको तेक्वान्दोको महिलातर्पm ४२ केजी मुनि बालजगत स्कूलकी इन्दिरा थापा प्रथम, आदर्श बोर्डिङ स्कूलकी रक्षा लिम्बू द्वितीय र ब्राइटफ्युचर बोर्डिङ स्कूलकी सृष्टि राई तृतीय भए । ४४ केजी मुनि बालजागृती स्कूलकी आस्मा राई प्रथम, आदर्श बोर्डिङ स्कूलकी पुनम जोशी द्वितीय र बाल सदन स्कूलकी जेसिका खनाल तृतीय भइन् । ४६ केजी मुनि ब्राइटफ्युचर स्कूलकी सन्तोषी राई प्रथम, आदर्श बोर्डिङ स्कूलकी कोमल लिम्बू द्वितीय र बालजगत स्कूलकी रेश्मा कार्की तृतीय भइन् । त्यसैगरी पुरुषतर्फ ४५ केजी मुनि सिंहबाहिनी माविका कमल राई प्रथम, ब्राइटफ्युचरका सुजन लुइँटेल द्वितीय र ग्रोगाह माविका शिवकुमार यादव तृतीय भए । ४८ केजी मुनि सिदार्थ स्कूलका अभिषेक भट्टराई प्रथम, आदर्श बोर्डिङ स्कूलका लाओस लिम्बू द्वितीय र ब्राइटफ्युचरका प्रकाश बस्नेत तृतीय भए ।

त्यसैगरी कबडीको पुरुषतर्पm पोखरिया माविलाई पराजित गर्दै सिद्धकाली मावि विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । कहरबान माविलाई सुुकुना माविले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै महिलातर्फ राधिका मावि स्कूल डाँडालाई सुकुना माविले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । प्रतियोगिता कराते, तेक्वान्दो, उसु, भलिबल, कबडी र एथलेटिक्सका खेलमा ६ सय खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको प्रथम हुनेले नगद ५० हजार रुपैयाँका साथै रनिङ शिल्ड प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद ३५ हजार रुपैयाँ र तेस्रो हुनेले नगद ९ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर