AArya
RUMPUM
animated ellipse animated ellipse

कलाप्रेमीलाई विष्णुमीना ललितकला पुरस्कार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७४, मंगलवार २१:३०
3
Shares
पथरी,२७ चैत / चित्रकलामा विगत पचास वर्षदेखि निरन्तर साधनारत विराटनगरका वरिष्ठ कलाकार गोपाल कलापे्रमीलाई विष्णुमीना ललितकला पुरस्कार २०७४ प्रदान गरिएको छ । एक समारोहबीच पथरीशनिश्चरेका मेयर मेयर दिलिप राईले कलाप्रेमीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरे ।

पुरस्कारको राशी दश हजार नगद तथा सम्मान रहेको छ । कलाकार कलाप्रेमीलाई चित्रकार भरत लामाले तयार गरेको चित्रकार गोपाल कलाप्रेमीको मुहारचित्र पनि प्रदान गरियो ।
एभरेस्ट आर्ट फ्यूजन पथरीद्वारा सञ्चालित २ हप्ते ह्वील थ्रोइङ तथा मोल्ड मेकिङ सेरामिक तालिममा निर्मित सेरामिक सामानको प्रदर्शनीको अवसर पारेर कलाप्रेमीलाई सम्मान गरिएको हो ।

एक समारोहबीच आर्थ फ्यूजन पथरीकी संस्थापक सरोजा खड्की तथा माता मीनादेवखी खड्कीको सम्मानमा पुरस्कार स्थापना गरिएको हो । रत्नचौकस्थित मनोहर पार्कमा भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी उपकुलपति शारदा चित्रकारद्वारा प्रेषित गरिएको शुभकामना मन्तव्य पढेर सुनाइएको थियो ।

मेयर राईले कलाकारहरु समाजको गहना भएकोले उनीहरुको सम्मानमा राज्य उदासीन हुन नहुने बताए । कार्यक्रममा चित्रकार कलाप्रेमीले सेरामिकमा ललितकला र उपयोगी कला दुबैको समिश्रण पाइने हुँदा यसले कलाकार र व्यवसायी दुबैलाई आकर्षित गर्न सक्ने बताए । त्यस अवसरमा जयेष्ठ नागरिक गेहेन्द्र भण्डारी, संस्थाकी अध्यक्ष सरोजा खड्गीलगायतले कलाकार भनेका राष्ट्रका निधि भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर