पूर्वाञ्चल खबर
विराटनगर विमानस्थला आज संचारकर्मीसंग कुरा गर्दै मन्त्री पण्डितले आफुले चाहेको सचिव आफनै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्न नहुने वताए । उनले सरुवा भएका सचिवहरु मन्त्रालयमा गएर काम गरि सक्नु भएकाले अव उहाँहरुको मन्त्रालय हेरफेर नहुने प्रष्ट पारे । उनले प्रधानमन्त्री प्रणाली अन्र्तगत विधि सम्वत रुपमा सचिवको सरुवा भएकाले यस विषयमा विवाद गर्न नहुने समेत वताए ।
स्थानिय निकायमा कर्मचारीको दरवन्दी पुरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको उनले प्रष्ट पारे । उनले तीन तहको संचरचनमा कर्मचारीको आवश्यक परेकाले स्वेच्छिक अवकाश हाललाई स्थगित गरिएको वताए ।
स्थानिय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको मन्त्री पण्डीतले वताए । उनले नयाँ संरचनाको दरवन्दी अनुसार कर्मचारी तोकिएकोको ठाउँमा जाने काम भइरहेको भन्दै तोकिएको ठाउमा नजाने कर्मचारीलाई निजमती ऐन अनुसार कार्वाही हुने वताए ।
कर्मचारीको माग भइरहेको वेला कर्मचारीले पनि तोकिएको ठाउँमा गएर सेवा पु¥याउनुपर्ने उनको भनाई थियो ।