विराटनगर ,२६ चैत / मोरङमा चट्याङ लागेर आज बिहान एक बृद्धको मृत्यु भएको छ । मोरङ्को जहदा गाउँपालिका – वडा नम्बर ३ का ६० वर्षीय रामु मरन्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतक मरन्डीलाई खेतमा मुसा मार्दै गर्दा छात्तीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरन्डीको शव फेला परेको
मोरङ प्रहरीले जनाएको छ ।