RUMPUM
animated ellipse animated ellipse

“नेपालको जनमत र लोकतान्त्रिक प्रक्रियालाई भारतले स्विकार्यो” : प्रधानमन्त्री ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७४, सोमबार ०६:५६
3
Shares
फाइल तस्वीर
काठमाडौं,२६ चैत / भारतले नेपालको जनमत र लोकतान्त्रिक प्रक्रियालाई स्विकारेर सोहीअनुसारको व्यवहार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बतए ।

आफू जनताको अभिमतलाई बोकेर भारत गएको र भारतले पनि त्यसलाई स्वागत गरेको उहाँको भनाइ छ। भारत भ्रमणपछि आइतबारसाँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण दुई देशबीच विश्वास अभिवृद्धि गर्न र सम्बन्ध थप सुदृढ गर्न उपलब्धिमूलक भएको दाबी गरे ।

‘निर्वाचनपछिको लोकतान्त्रिक प्रक्रिया जसरी बढ्यो, जनताको अभिमत जसरी आयो, त्यो अभिमतलाई बोकेर म गएँ र त्यसलाई भारतले स्वागत गर्यो’, उनले भने– ‘नेपाली जनताको भावनाको, अभिमतको प्रतिनिधित्व भएको थियो, मैले कुरा गर्दा पनि त्यसरी नै गरें।’ भ्रमण कुनै बनावटी र देखावटी कुरामा नभएर, विगतका सम्झौता कार्यान्वयन गर्न, यथार्थ र उपलब्धिपूर्ण ढंगले अघि बढेको ओलीले बताए ।

नेपालले वैदेशिक सम्बन्ध मित्रताका आधारमा अघि बढाउन चाहेको, सम्बन्ध पारस्परिक हित, एकअर्काको सार्वभौमसत्ता, स्वाभिमानको सम्मानका आधारमा हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतीय पक्षसँग पनि त्यसरी नै कुरा गरेको बताए ।

‘जायज हितहरूको सम्मान, स्वाभिमान, अहस्तक्षेप र पारस्परिक लाभको सम्बन्धलाई अन्य ढंगले सञ्चालन गर्न खोजियो भने मित्रता वास्तवमा मित्रता झल्कँदैन।’ –उनले भने। यो भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलवे, जलमार्ग, कृषिका विषयमा महत्त्वपूर्ण सहमति भएको र सीमा विवाद, डुबानलगायतका समस्याबारे गम्भीर छलफल भएको ओलीको भनाइ थियो। यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर