RUMPUM
animated ellipse animated ellipse

धार्मिक गुरु श्रीनिवासलाई गोली हानेको आशंकामा दुईजना नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७४, आईतवार १७:००
3
Shares
विराटनगर, २५ चैत/ धार्मिक गुरु आचार्य श्रीनिवास माथी गोली प्रहार गरेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । आज मोरङ प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीका अनुसार अनुसन्धान जारी प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो । उनीहरुले घटना गराएको पुष्टी भए नभएको बारेमा अनुसन्धान थालिएको बताउँदै उनले घटना भए लगतै पुगेको प्रहरी टोली सूक्षम रुपमा अनुसन्धान गरिरहेको जानकारी दिए । आज विहान २ बजे विराटनगर–१४ जतुवामा पूराण बाचन गर्न आएका श्रीनिवास माथी गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको विराटनगर स्थीत न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।

को हुन आचार्य श्रीनिवास

नेपाललाई धर्मनिरेपक्ष राष्ट्र घोषण विरुद्ध आन्दोलन गर्ने धार्मिक अगुवा मध्येका एक हुन श्रीनिवास आचार्य । आचार्य बैदिक सनातन हिन्दु जागरण अभियानका संरक्षक पनि हुन् । सुनसरीको प्रकाशपुर आश्रममा बस्ने आचार्य २०७२ साल साउनमा हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्दै सुरु भएको आन्दोलनमा इटहरीबाट प्रहरीको गिरफ्तारीमा परेका थिए । इटहरीमा दुईसाता सम्म आचार्यकै नेतृत्वमा हिन्दुराष्ट्र माग गर्दै सडक आन्दोलन चलेको थियो ।

इटहरी आन्दोलनमा सकृय भएर लागेका श्रीनिवास पछिल्लो समय धार्मिक जागरण अभियान अन्तरगत विभिन्न क्षेत्रमा पुग्दै आएका थिए । तर उनी आफुलाई सुरक्षा थ्रेट रहेको बेलाबेला सहयोगीहरुलाई भन्ने गरेका थिए । ‘धार्मिक कार्यक्रममा सहभागि भएपनि उहा साझ हुने भजनकिर्तन सहभागि हुनुहुन्न थियो ।’ अभियानकी सदस्य समेत रहेकी सिता कार्की भन्छिन‘ उहालाई बेलाबेला फोनमा धम्कीपनि आउने गरेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर