AArya
RUMPUM
animated ellipse animated ellipse

एकीकृत पार्टीमा कस्तो हुन्छ अध्यक्षद्वयको हैसियत?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ चैत्र २०७४, आईतवार ०७:०९
3
Shares
फाइल तस्वीर
काठमाडौं, २५ चैत / एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ ।

अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन बनाएको हो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । ‘एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष रहने,

दुवै अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने, बैठकको अध्यक्षता जसले गर्छ, त्यतिबेला उसको वरीयता पहिलो नम्बरमा हुने गरी विधान प्रतिवेदन बनाइएको छ,’ कार्यदलका सदस्य एमाले नेता बेदुराम भुसालले भने, ‘आलोपालो अध्यक्षता हुने भएकाले अघिल्लोपटक पहिलो वरीयतामा रहेको अध्यक्ष पछिल्लोपटक स्वतः दोस्रो वरीयताको मर्यादाक्रममा हुनेछ ।’

निर्णय पुस्तिकामा आलोपालो हस्ताक्षर
एमाले र माओवादी केन्द्रका बैठकहरूमा उपस्थिति पत्रमा सबैले, तर बैठकका निर्णयको अन्तिममा भने अध्यक्षले मात्र हस्ताक्षर गर्ने प्रचलन छ । यो प्रचलनअनुसार एकीकृत पार्टीमा दुई अध्यक्षमध्ये जसले बैठकको अध्यक्षता गर्छ, उसैले निर्णयको अन्तिममा हस्ताक्षर गर्नेछ । तर, आलोपालो अध्यक्षताको विधि र प्रक्रिया के हुने विषयमा भने विधान मौन रहेको स्रोतले जनायो ।

‘प्रतिवेदन पार्टी एकता संयोजन समितिबाट अनुमोदन हुन बाँकी छ, त्यसैले यस्ता विषय स्पष्ट हुन पनि सक्छन्, दुई अध्यक्षले समझदारीमा गर्न पनि सक्नुहुन्छ,’ कार्यदलकै अर्का एक सदस्यले भने । पार्टी एकता घोषणा सभा बैठकको अध्यक्षता भने केपी ओलीले गर्ने गरी समझदारी भएको स्रोतले बतायो ।

२२ चैतमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ वैशाखमा पार्टी एकता घोषणा सभा गर्नका लागि तयारी अघि बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएपछि २७ चैतमा पुनः संयोजन समिति बैठक बोलाइएको छ । उक्त बैठकले एकतापछि बन्ने पार्टीमा संख्याको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द विधानमा राख्ने कि नराख्ने विषय टुंगो लगाउने नेताहरूले बताउँदै आएका छन् ।

औपचारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर
विधान प्रतिवेदनमा पार्टीका तर्फबाट हुने औपचारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर रहने स्पष्ट पारिएको कार्यदलका नेताहरूले बताए । यस व्यवस्थाअनुसार पार्टीले जारी गर्ने सर्कुलर, कुनै संवैधानिक निकाय वा संस्थालाई पार्टीका तर्फबाट पत्राचार गरिँदा दुवै अध्यक्षले हस्ताक्षर गर्नेछन् । यो खबर आजको नयाँ पत्रिकामा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर