AArya
RUMPUM
animated ellipse animated ellipse

पारा टेबल टेनिस प्रतियोगीता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७४, शुक्रबार १७:२२
3
Shares
विराटनगर, २३ चैत /बिराटनगर पारा टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनामा तेस्रो पारा टेबल टेनिस प्रतियोगीता सम्पन्न भएको छ ।

स्ट्याण्डिङ पुरुष एकलमा विवेक राईले स्वीकृत न्यौपानेलाई ७–११,११–४, ११–८, ११–६ ले पराजित गर्दै प्रथम भएका छन भने दिपक बस्नेत तृतिय भए । व्हीलचेयर पुरुष एकलमा रामकुमार सहनीले संजय थापालाई १२–१०, ११–५, ११–७ को सोझो सेटले पराजित गर्दै प्रथम भए भने सोनु दास र मजाहिद अन्सारी संयुक्त रुपमा तृतिय भए ।

स्ट्याण्डिङ महिला एकलमा रिया दाहालले पुनम राजबंशीलाई ११–४, ११–६, ११–३ को सोझो सेटले पराजीत गर्दै प्रथम भएकी थिइन् । प्रतियोगीतामा पुरुष एकलमा स्ट्याण्डिङ, पुरुष एकलमा व्हीलचेयर, महिला एकलमा स्ट्याण्डिङ गरि ३ ओटा इभेन्ट्स रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर