AArya
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमण प्रस्थान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७४, शुक्रबार ०९:१०
3
Shares
फाइल तस्वीर
काठमाडौं,२३ चैत / प्रधानमन्त्री केपी शर्मा ओली आज तीन दिने भारत भ्रमण प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली पहिलो विदेश भ्रमण भारतबाट गरेका हुन् ।

नेपाल एयरलाइन्सको विमानबाट तीन दिने राजकीय भ्रमणमा भारत लागेका प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीको साथ औपचारिक भ्रमणमा गरेका छन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाटभारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर सीधै भारतीय राष्ट्रपति निवास पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आजै भारतीय उद्योगी व्यावसायीहरुसँग छलफल समेत गर्ने कार्यक्रम छ ।

भारतका समकक्षी नरेन्द्र मोदीसँग शनिबार औपचारिक भेटघाट हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा नेपाल उधोग वाणिज्य महासँघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउत समेत सहभागि रहेका छन् । राउतले प्रदेश नं. १ का सवै व्यवसायीहरुको प्रतिनिधीत्व गर्ने छन् ।

आजै साँझ पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साढे सात बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर