खबर पूर्वाञ्चल
विराटनगरको सहिद रङ्शालमा आज राती भएको खेलमा जिब्रेल ट्राउरे फेरी एक पटक नायक बन्दा विभागिय टिम सशस्त्र प्रहरी बल काठमान्डौं (एपिएफ)लाई १–० गोल निराश पार्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । जिब्रेलले चारतीय क्लब मोहम्मदन स्पोटिङ क्लबलाई पहिलो खेलमा १–० को गाल अन्तरले पराजित गर्दा उन निर्णायक गोल गरेका थिए ।
संकटाले २०७० सालमा सम्पन्न विराट गोल्ड कपको फाइनलमा एपिएफलाई १–० को गोल अज्तरले पराजित गरेको थियो । संकटाको जितमा विदेशी खेलाडी जीब्रेल नायक बने । ६१ औं मिनेटमा उनको प्रहारले जाली चुम्दा संकटा भाग्यमानी ठहरियो । संकटाले शनिबार फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी र थ्री स्टारबीचको विजेतासंग प्रतिष्पर्धा गर्नु पर्ने छ । ३० यार्ड टाढाबाट जीब्रेलले गरेको पावर सुटिङ प्रहारले पोष्टको दिशा लिंदा सशस्त्र दवावमा प¥यो ।
खेलको २८ औं मिनेटमा जीब्रेलको कडा प्रहार क्रस बारमा लागेर रिवाण्ड भएर वारमा लागेर फकिन्दा संकटाले अग्रता लिने अवसर गुमायो । रिबाण्ड बललाई विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरे पनि त्यसले सही दिशा लिन नसक्दा कठिन जितका लागि संकटाले ६१ औं मिनेट सम्म कुर्न प¥यो । ७९ औं मिनेटमा सुनिल खड्काको प्रहार दोस्रो बार हुँदै बाहिरिंदा संकटाले दोस्रो गोल थप्न सकेन ।
पहिलो हाफमा दुवै टिमले फितलो पर्दशन गर्दै गोल रहित खेल बराबरी भएको थियो । एक गोल खाएपछि दबाव परेको सशस्त्र प्रहरीले आक्रमक रुपमा प्रस्तुत भए पनि थुप्रै गोल गर्ने अवसरहरु चुकाउँदा घर फकिन्न बाध्य भयो । एपिएफका हरी कार्कीले ७० औं मिनेटमा डिबक्ल भित्रबाट प्रहार गरेको बल संकटाका गोल किपर सागर रायकले सानदार बचाए । दोस्रो हाफपछि सशस्त्र प्रहरीले उत्कृष्ट प्रर्दशन गरेपनि गोल हुन सकेन् । ८० औं मिनेटमा कार्कीकै सशक्त प्रहारलाई गोरक्षक पियाले उत्कृष्ट ढंगले बचाएर आफ्नो टिमको संकट टारे । अन्तिम ८९ मिनेटमा सशस्त्रका विश्वास उदासको मध्य भागदेखिको प्रहारलाई पनि गोलरक्षकलेपियाल विफल पार्दा संकटाको जित निश्चित बन्यो ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले दोस्रो दर्जाका खेलाडी लिएर मैदानमा उत्रदा पनि राम्रो नतिजा निकाल्न सकिएको बताए । उनी २०७० सालमा संकटाले विराट गोल्डकप जित्दा टिमका कप्तान थिए । खड्गीले मैदानमा जुनियर खेलाडी उत्रिए पनि उनीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए । भने, ‘आगामी दिनको प्रतिष्पर्धाका लागि अर्को टिमको खेल हेरेर रणनीति तयार पार्ने बताए ।’
सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले नयाँ खेलाडी भएका कारण जित हात पार्न नसकिएको प्रतिक्रिया दिए । खेलाडीले रणनीति अनुसार कौशलता प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । ‘केही राम्रा अवसर सिर्जना भएका थिए,’उनले भने, ‘ती अवसरको सदुपयोग हुन नसक्नु हारको मुख्य कारण बन्यो ।’ महर्जनले फिनिसिङ टच दिन पनि आफ्ना खेलाडी चुकेको बताए । नयाँ मैदान हुँदा र खेलाडीबीच आपसी तालमेल नमिल्दा नतिजा विपक्षीको पोल्टामा परेको उनको प्रतिक्रिया छ ।
खेलको म्यान अफदी म्याच संकटाका जीब्रेल घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगिताको बुधबारको खेल दुई बिभागीय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मी क्बल बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।