पूर्वाञ्चल खबर
सुनसरीको खनारमा आज आयोजना भएको कार्यक्रममा बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँ नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाउने कार्यक्रममा जानकारी दिइयो । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने व्यवस्था गरेको बताइएको छ ।
सम्झौतासँगै वचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य बीमा पाउने भएका छन् । उनीहरुको लागि शिखर ईन्सुरेन्स कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य बिमा रकम दावि गरेको ७ दिनभित्र पाउने व्यवस्थासमेत गरिएको छ ।
कार्यक्रममा इटहरी शाखाका शाखा प्रबन्धक यादव खतिवडाले र इटहरी शाखाका सम्बन्ध प्रबन्धक शम्भुप्रसाद पराजुलीले स्वास्थ्य तथा दुर्घटना बीमा र त्यसै शाखामा कार्यरत कर्मचारीहरु पंकजकुमार झाले ईलेक्ट्रोनिक बैकिङ सेवाका विषयमा जानकारी गराएका थिए । रंगलाल पहाडीले लघु व्यवसाय कर्जा तथा कृषि कर्जाका बारेमा जानकारी गराए । बैंकको केन्द्रीय कार्यलयका प्रतिनिधिद्वय संज्ञा श्रेष्ठ र रोजीना न्यौपानेले उपस्थिति ग्राहकहरुमा सहजीकरण गरेका थिए । कार्यक्रममा उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, विभिन्न सघं संस्थाका प्रतिनिधि, पत्रकार, ग्राहकलगायत स्थानीयहरुको उत्साह जनक सहभागिता रहेको थियो ।
बैकले आफ्नो स्थापना काल देखिनै प्रत्येक बचत ग्राहकका लागि सामूहिक दुर्घटना बीमा सुविधा प्रदान गर्दै आएको छ । दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भए ५ लाख रुपैयाँमा नबढ्ने गरी बचत खातामा रहेको मैजातको ४ गुणासम्म दाबी गर्न सकिने बैंकले जनाएको छ ।