खबर पूर्वाञ्चल
इलाका प्रहरी कार्यालयदेखि ५ सय मिटर नजिक रहेको सुनचाँदी र बैंक लाईनको थापा सुनचाँदी परिसरको मनि ट्रान्सफर चोरी भएको हो । पसलमा अघिल्लो दिनको कारोवारबाट १९ लाख ९५ हजार खातामा रोकर्ड रहेको देखिएको छ भने चोरी भएको रकम अनुमानित ६ लाख १३ हजार अनुमान गरिएको छ ।
सुनचाँदी पसलसँगै रहेको मनि ट्रान्सफरमा रहेको पैसा एक व्यक्तिले सटर र गल्ला फोरेर चोरी गरेको सीसी क्यामेरामा देखिएको छ । व्यस्त बजारको पसलहरु चोरी भएको यो नौलो भने होइन । चोरी भएको स्थान नजिकै प्रहरी कार्यालय रहेको र पथरीबजार आसपासमा रहेको ७ ओटा सिसि क्यामरा भए पनि उक्त क्यामराहरु बिगत १ वर्ष देखि बिग्रिएका छन् । प्रहरी कार्यलयमा २ वटा भेन छ बजारको गतिबिधी हेर्ने सीसी क्यामेरा समेत प्रहरीको निगरानीमा रहेको छ । सो क्यामरा नगरपालिकाले बिग्रिएमा मर्मत गर्ने सहमति रहेको तर बिग्रिएको यतिका समय भै सक्दा पनि नगरपालिकाले बेवस्था गरेको व्यापारीको भनाइ छ । हरेक वर्ष पथरीशनिश्चरे बजारमा यस्ता घटना घट्नाले व्यापारीहरु त्रसित बन्ने गरेका छन् ।
चोरी गर्ने गिरोहको सीसी क्यामेराको फुटेजहरु हेरी अनुसन्धान जारी रहेको इप्रका पथरीका सई राजकुमार बस्नेतले जानकारी दिए ।