खबर पूर्वाञ्चल
सरकारले दिएको करिव ५ करोड बढी रकम बाढी पीडित माछा कृषकहरुलाई बितरण नगरेको भन्दै आन्दोलनमा जाने निर्णय गरेका हुन् ।
माछा व्यवसायी संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जिल्ला कृषि कार्यालय मोरङका कर्मचारीको ढिल्ला सुस्तीको कारणले गर्दा माछा पालक कृषकले राहत नपाएको आरोप लगाउँदै आन्दोलन गर्ने चेतवनी दिए । मोरङमा ३ सय २६ जना माछा पालन कृषकको ५ करोड भन्दा बढीको क्षति पुगेको भन्दै कृषि कार्यालयले तथ्याङ्क संकलन गरी कृषि मन्त्रालयमा बुझाएको थियो ।
कृषि मन्त्रालयले मोरङका बाढी पीडित कृषकलाई राहत वितरण गर्न ५ करोड रुपैयाँ निकास भइसक्दा पनि जिल्लाका कर्मचारीले राहत रकम वितरण गर्न ढिलो गरेको मोरङका माछा व्यवसायी संघका अध्यक्ष बलराम प्रसाइले बताए । ‘मन्त्रालयले ७ भदौ मै बाढी पीडित कृषकलाई राहत वितरण गर्नको लागि बजेट निकास गरिदिएको छ,’ अध्यक्ष प्रसाइले भने, ‘यहाँको कृषि कार्यालयले किन राहत रकम बाढन चाहेको छैन । कर्मचारीको यो कस्तो चाला हो । हामीले बुझन सकेको छैइनम ? ।’ उनी भन्छन्, ‘कृषि कार्यालयले तत्काल राहत बितरण नगरे जिल्लाभरीका माछापालन कृषक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’
कार्यक्रममा बोल्दै माछा व्यावसायि संघका अध्यक्ष बलराम प्रसाईले पहिलो चरणमा रंगेली र बेलवारीका ७४ जना कृषकहरुले दिएको निवेदनका आधारमा २ करोड ९१ लाख ११ हजार निकासा भएर आएको तर आफुहरुले नपाएकोले सो रकम छिटो उपलब्ध गराउन कृषि बिकास कार्यालयलाई अनुरोध गरेको छन ।
ङ्गेलीका माछा पालन कृषक ऋषि राईले राहत पाएको रकमले बाढीले क्षति पु¥याएको पोखरीलाई पुन निमार्ण गर्ने सपना अझै साकर हुन नसेको बताए । ‘बाढीले भर्खर हालेको भुरा माछा देखी हुर्केको माछासम्म बगायो, ‘उनले भने, ‘राहत पाएको रकमले मछा हाल्ने, पोखरी बनाउने योजना थियो ।’ राहत नपाउँदा समस्या भएको उनले बताए । अर्का माछा पालन कृषक ताजिम अन्सारीले राहत रकम आइसक्दा पनि कर्मचारीले राहत नबाढेर कृषकलाई हतोसाहित गर्ने काम गरेको बताए ।
यता जिल्ला कृषि कार्यालय मोरङका निमिक्त वरिष्ठ कृषि विकास अधिकृत काशीकुमार चौधरीले कृषी मन्त्रालयले बाढी बाट कृषि क्षेत्रमा क्षति पुगेको कृषकहरुको लागि जिल्लामा ५ करोड रुपैया निकास भएर आएको स्वीकार गरे । ‘जिल्ला कृषि कार्यालय म एक्लै छु,’ उनले भने, ‘सबै कर्मचारी स्थानिय तहमा गएका छन् ।’ आवश्यक कर्मचारी प्राविधहरु नहुँदा बाढी पीडित कृषकलाई राहत वितरण गर्न ढिलो भएको उनको भनाई छ । चैत २८ गतेपछि राहत रकम वितरण हुन सक्ने उनले बताए ।