RUMPUM
animated ellipse animated ellipse

जिब्रेलको निर्णायक गोलले संकटाका अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०७४, आईतवार २२:२६
3
Shares
पुष्पराज थपलिया
विराटनगर, १८ चैत /जिब्रेल टेरारीको निर्णायक गोलले संकटाका फुटबल क्बल काठमाण्डौ विराटनगरमा जारी पाँचौ विराट गोल्ड कपको अन्तिम आठमा प्रवेश गरेको छ । आज भएको खेलमा संकटाले भारतको मोहम्मडन स्पोर्टिङ क्बल कलकत्तालाई १–० गोल अन्तरले पराजित गरि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । अव संकटाले मंगलबमर शसस्त्र प्रहरी बलको एपिएफसँग प्रतिस्पर्धा गर्ने छ ।

संकटा अन्तिम समयमा आएर गोल्डकपमा सहभागि भएको हो । बंगलादेशको क्लबले अन्तिम समयमा गोल्डकपमा नआउँने जनाए पछि संकटाले मौका पाएको हो ।

निकै रोमाञ्चक भएको खेलको निर्धारित समयसम्म दुवै टिमले गोल रहित बरावरी भएपछि थप गरिएको संकटाले गोल गर्न अक्तिरिक्त समयको १२ औं मिनेटमा विदेशी खेलाडी जिवरेल टेरारीले डिबक्स भित्रबाट प्रहार गरेको गोलले जाली चुम्यो । उनले गरेको गोल नै संकटको जितको लागि निर्णाायक बन्यो ।

पहिलो हाफ बराबरी खेले पनि मध्यान्तरपछि रणनीति परिवर्तन गर्दै संकटा आक्रामक बन्यो । मध्यान्तरपछि कोलकाता रक्षात्मक रुपमा उत्रिए पनि संकटा त्यसलाई चिर्ना सफल भयो । संकटाको कठिन जितमा अफ्रिकन खेलाडी जिब्रेल नायक बने ।

संकटाको फिनिसिङ पक्ष कमजोर हुँदा जितका लागि उसले अतिरिक्त समय कुर्न परेको थियो । कोलकाताको तुलनामा गोल गर्नका लागि पाएका धेरै अवसरलाई उसले सदुपयोग गर्न सकेन । निरन्तर पोष्ट एट्याकलाई जारी राखे पनि संकटाले गोल गर्नका लागि पाएका आधा दर्जन बढी सुन्दर अवसर खेर फाल्यो ।

१५ औं मिनेटमा लक्ष्मण रुचालको पासमा जिब्रेलको प्रहार क्रसबार माथिबाट बाहिरियो । ३६ औं मिनेटमा लक्ष्मणको हेड प्रहारले पनि पोष्ट देखेन । ५३ औं मिनेटमा लक्ष्मणकै प्रहारमा कोलकाताका गोल रक्षक अविजित सरदार बाधक बने । ६० औं मिनेटमा संकटाका युसुफको प्रहारले विपक्षी बार तोड्न सकेन । रिबाण्डपछि प्रहार गरिएको बललाई पनि गोलरक्षकले रोकिदिए । ६४ औं मिनेटमा जिब्रेलको प्रहार कोलकाताका गोलरक्षकले क्लियर गरिदिए ।

संकटाको तुलनामा कोलाकाताले अवसर कम सिर्जना गर्न सक्यो । तर पाएका अवसरमा विपक्षी बार तोड्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । खेलको सुरुवाती १३ औं मिनेटमा आमिर हुसेनको पासलाई जोत मासीले गोलमा परिणत गर्न नसक्दा संकटालाई दवावमा राख्ने कोलकाताको सपना पूरा भएन । थप गरिएको अतिरिक्त समयको २७ औं मिनेटमा डिबक्स भित्रबाट नोट्री जेम्सले गरेको प्रहार दायाँ बार हुँदै बाहिरियो । त्यस लगत्तै केके फ्रयाङकोइसको प्रहार संकटाका गोलरक्षक सागर पियाको हातमा पुग्यो । रिबाण्ड भएको बललाई गोलरक्षक सागर पिया विट भएको अवस्थामा नोट्री जेम्सले प्रहार गरे पनि नविन गुरुङले क्लियर गरिदिंदा संकटा ठूलो संकटबाट बच्यो । अन्तिम समयमा पाएका राम्रा अवसरले पोष्टको दर्शन गर्न नसक्दा कोलकाता स्तब्ध बनेर घर फर्कियो ।

कोलकाताका प्रशिक्षक अनन्त घोसले खेलाडीले राम्रो प्रदर्शन गरे पनि नतिजाले आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए । कटारी गोल्डपको उपविजेता टिम संकटाका प्रशिक्षक सल्यान खड्गीले जुनियर खेलाडीका साथमा मैदानमा उत्रदा पनि नतिजा आफुले सोचको भन्दा धेरै राम्रो खेल पदर्शन गरेको खुशी भएको बताए । उनले टिमका सिनियर खेलाडी बुटवलमा भएको मदन भण्डारी गोल्ड कप खेल्न गएका कारण जुनियर खेलाडी मात्र विराट गोल्डकपमा सहभागी भएको जानकारी दिए । ‘सुरुमै अग्रता लिनु पर्ने भए पनि राम्रा अवसरको सदुपयोग हुन सकेन,’ उनले भने, ‘तर अन्तिम समयमा आएर नतिजा उम्कन नपाउनु नै ठूलो कुरा हो ।’

खेलको म्यान अफ द म्याच संकटाका सरोज दाहाल घोषित भए । उनले नगद १० हजार रुपैया“ प्राप्त गरे ।

प्रतियोगिताको आज सोमबारको पहिलो क्वाटरफाइलन खेल आयोजक रिजालको मोरङ ११ र रमपम झापा ११ फुटबल क्बल बिच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर