AArya
RUMPUM
animated ellipse animated ellipse

इन्टरनेशनल प्रेस क्लव नेपाल च्यापटर गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०७४, आईतवार १७:१५
3
Shares
विराटनगर, १८ चैत / नेपाल भारतका पत्रकार विच समाचार आदान प्रदान तथा पत्रकारको हकहितका लागी अन्तराष्ट्रिय प्रेस क्लव नेपाल च्यापटर अन्र्तगत इन्टरनेशनल प्रेस क्लव नेपाल च्यापटर गठन भएको छ । नेपाल र भारतका पत्रकारहरुको समन्वयमा क्लव गठन भएको हो

पत्रकार हिरालाल साहको अध्यक्षमा प्रदेश नम्वर एक र दुुईका पत्रकारलाई समेटेर १९ सदसीय समित गठन गरिएको हो विराटनगरमा आज पत्रकार सम्मेलनगरी क्लवका सदस्यहरुको नाम सार्वजनिक गरिएको छ ।

क्लवको एक नम्वर प्रदेशको उपाध्यक्षमा कौशल निरौला, दुुई नम्वर प्रदेशको उपाध्यक्षमा गणेश ठाकुुर रहेका छन । त्यस्तै महासचिवमा पदम सरदार, उप महासचिवमा चन्दन रौनियार , सचिवमा एक नम्वर प्रदेशवाट नितेश चौधरी, दुुई नम्वर प्रदेशवाट अनिल वर्मा रहनुु भएको छ । त्यसैगरी कोषाध्यक्षमा दुुई नम्वर प्रदेशवाट पारसमणी ठाकुुर तथा एक नम्वर प्रदेशवाट सह कोषाध्यक्षमा सुुुशिला पाठक रहेका छन् ।

त्यस्तै क्लवको सल्लाहका समितिमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेल, महासंघका उपाध्यक्ष कुुमोद अधिकारी, नेपाल प्रेस युुनियन मोरङ अध्यक्ष मिनकुुमार नवोदित, मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुुन्दर सुुतिहार तथा पत्रकार सुुर्यनारायण यादव र अनन्त अनुुराग रहेका छन् ।

क्लवले नेपाल , भारत , भुुटान तथा वगलादेशलगायत सार्क राष्ट्रकमा पत्रकारलाई समेटेर समिति विस्तार गरिने इन्टरनेशनल क्लव भारतका अध्यक्ष रामानन्द सिंह रोशनले जानकारी गराए । नेपालमा सातवटा प्रदेशमा क्लव गठन गरिने जनाइएको छ ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष वन्धुु पोखरेल, प्रेस युुनियनका अध्यक्ष मिनकुुमार नवोदित, मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुुन्दर सुुतिहार तथा भारतका पत्रकार रामान्न्द सिंह, राजेशकुुमार सर्मा तथा संशाक राजले शुुभकामना मन्तव्य दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर