पूर्वाञ्चल खबर
नेपाल आदिवासी जनजाती महासंघको पथरी शनिश्चरे नगर समितीको आयोजनामा बोल्दै लावतिले नेपालका नेताहरुले संबिधानमा घोषित धर्म निरिपेक्षलाई अहिले आएर बदलिन खोजिएको आरोप लगाए । उनले शनिबारको एकदिने गोष्ठि कार्यक्रममा आदिबासी जनजातीहरुले आन्दोलन नगरे आफ्नो हक अधिकार गुम्ने भएकाले आदिबासी जनजातीले सोच्ने बेला भएको बताए ।
डा. लावतीले नेपालको राजनीतिमा आदिवासी जनजातिको अवस्था, नेपालको संघीयता र विश्व संघीय अनुभव, संघीयतामा अधिकारको सवाल, संघीयता निर्माणको आधार र कारणलगायतको विषयमा सहजीकरण गरे ।
पथरीशनिश्चरेमा भएको कार्यक्रममा दिलिपकुमार राई शुभकामना मनतब्य राख्दै राष्ट्रले आदिबासी जनजातिले अधिकार सुनिश्चित रहेको पाएको तर हामीले खोजेको जतिपनि अधिकारहो त्यो अपुग रहेको बताए ।
चन्द्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम घिमीरे,लोकसागर सावा, खिनमाया लिम्बू, विवेक लिम्बू, सन्तोष सेरेङ, मोहन तुम्बापोको उपस्थित रहेको थियो । गोष्ठीमा डा. महेन्द्र लावतीले आदिबासी जनजातीलाई सहजीकरण गरेका थिए ।