AArya
RUMPUM
animated ellipse animated ellipse

छुकछुके रेल सपनाः नेपालमा भारतीय रेल गुड्ने पक्का

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७४, बिहीबार ०७:०९
3
Shares
काठमाडौं,१५ चैत/ नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ ।

काठमाडौंमा दुई वर्षभित्रै चिनियाँ रेल गुड्ने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले ‘हावादारी’को संज्ञा दिइरहेका बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको हो ।

भारतले जयनगर-बर्दिबास, जोगबनी-विराटनगर, नैतनवा-भैरहवा, रुपेडिया-नेपालगन्ज र जलपाइगुरी-काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको छ ।

यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबासमम्म आउने भारतीय रेललाई सर्लाहीको लालबन्दीसम्म ल्याउन तथा जोगवनी-विराटनगरमा ट्रयाक निर्माणको कामलाई तीब्रता दिइरहेको भारतीय रेल मन्त्रालयले जनाएको छ । आजको कारोबार दैनिकले समाचार छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर