AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकप गर्न ३५ लाखको फ्रड लाइट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७४, बुधबार १९:४१
27
Shares
विराट गोल्डकपका लागि विराटनगरको सहिद रंगशालामा जडान गरिएको फ्रडलाइट
विराटनगर,१४ चैत / विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर फ्रड लाइट जडान गरिएको छ ।

प्रतियोगिताका लागि तयारी गरिएको सहिद रंगशालाको मैदान रातको समय तस्वीर -पुष्पराज थपलिया

दिवा रात्रि कालीन (डे–नाईट) प्रतियोगिता हुने भएपछि त्यसका लागि विराटनगरको शहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्रडलाइट जडान गरिएको हो । गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार मोफसलमै पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना हुन लागेको बताए । प्रतियोगिता चैत १७ बाट २६ गते सम्म हुँदैछ । रिजालले रात्रिकालीन प्रतियोगिताका लागि आवश्यक पर्ने लाइट जडान गरेर त्यसको प्रकाश (फक्स) मिलाउने काम भइरहेको जानकारी दिए ।

छ वटा पोलमा लाइट जडान गरिएका छन् । प्रत्येक पोलमा कम्तीमा २० वटा वत्ती छन् । ‘रातको समयमा खेल हुने भएका कारण रातिलाई पर्याप्त प्रकाश होस भनेर एउटा पोलमा कम्तीमा २० वटा वत्ती जडान गरिएको छ,’ रिजालले भने । आवश्यक परे अरु वत्ती पनि पछि थप गरिने जानकारी उनले दिए । उनका अनुसार प्राविधिकको सल्लाह बमोजिम लाइट जडान गरिएको बताए ।

आयोजक समितिका उपाध्यक्ष सन्तोश वानियाका अनुसार लाइट जडानका लागि कोलकाताबाट प्राविधिक टोली झिकाइएको थियो । उनले प्रतियोगिताका लागि मैदान घेराबारालगायत व्यवस्थापनका अधिकांस काम सकिएको बताए । ‘यस पटकको प्रतियोगिता पहिलेको भन्दा भिन्न र पृथक हुने छ,’ वानियाले भने, ‘रात्रिकालीन खेल मोफसलमै पहिलो पटक आयोजना हुँदै छ ।’ उनका अनुसार प्रतियोगिता उद्धघाटन अघि एकै पटक १४ वर्ष मुनीका ५० जना बाल खेलाडीसंग १० जना सिनियर खेलाडीले प्रतिष्प्रधा गर्ने छन् ।

गोल्डकपमा उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । प्रतियोगिताका लागि नेपालका आठ र विदेशका दुई गरेर १० वटा टिमले सहभागिता जनाउने छन् । पूर्वघोषित भारतको सिक्किम युनाइटेड क्लब नआउने भएको छ । त्यस अघि बंगलादेश स्पोर्टिङ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी आयोजकलाई गराइसकेको छ । आयोजकले त्यसपछि सिक्किमलाई बोलाए पनि सिक्किम समेत नआउने भएको हो । उसका ठाउँमा नेपालकै संकटा क्लब आउने भएको छ ।

भारतको मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब मात्रै विदेशी टिमका रुपमा गोल्डकपमा सहभागिता जनाउँदैछन् । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, संकटा, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर आठवटा टिम सहभागी हुँदैछन् । २०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर