खबर पूर्वाञ्चल
एघार वटा परिच्छेदमा ६४ वटा दफा र उपदफा रहेको सो विधेयकमा परिचय, सञ्चालन सम्वन्धी व्यवस्था, राजश्व, लेखा, आन्तरिक लेखा परीक्षण अभिलेख कोषको व्यवस्था, खर्च, सरकारी रकम, रकमान्तरको व्यवस्था, बेरुजु फछर्यौट, भ्रमण लगायतको व्यवस्था गरिएको छ ।
प्रदेश सभाको वैठकमा पेश गरिएको उक्त विधेयकमा सभामुख प्रदपिकुमार भण्डारीको अनुमतिमा ६ जना प्रदेश सभाका सदस्यहरुले विधेयकमाथि आ– आफ्ना सुझाव राखेका थिए ।
सो विधेयक माथिको छलफलमा प्रदेश सभा सदस्य ज्ञानेश्वर राजवंशीले विधेयकमा दण्ड र सजायको समेत व्यवस्था रहेको उल्लेख गदै प्रदेश सम्वन्धी कोष संञ्चालन, आर्थिक योजना र सम्भावना, मूल्याङकन, कार्यभार, आन्तरिक लेखा परीक्षण लगायतको व्यवस्था रहेकोले विधेयकलाई समर्थन गरे ।
प्रदेश सभा सदस्य लीलावल्लभ अधिकारीले विधेयकको परिच्छेदहरुमाथि प्रकाश पार्दै विधेयक वैज्ञानिक रहेको बताए । शिवनारण गनगाईले वेरुजु फछर्यौटको समय सीमा निर्धारण गर्नुपर्ने सुझाव दिए ।
प्रदेश सदस्य नबोदिता चौधरीले प्रदेशलाई सक्षम र सवल बनाउनका लागि प्रहरी, प्रशासन सञ्चालका लागि आर्थिक विधेयकमा समेटनु पर्ने सुझाव दिइन् ।अर्का सदस्य मोहनकुमार खड्काले नीतिगत र संस्थागत भ्रष्टाचारलाई भित्रिन नदिन विधेयकमा व्यवस्था हुनुपर्ने उल्लेख गरे । सदस्य अम्विका थापाले लेखा परीक्षणका लागि वाहिरको विज्ञ पनि राख्नुपर्ने सुझाव दिदै जनप्रतिनिधिहरुलाई जिम्मेवारीपूर्वक र इमान्दारिताका साथ कार्य गर्नुपर्नेमा जोड दिए ।
सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सदस्यहरुलाई आर्थिक कार्य विधेयक २०७४ सम्वन्धमा सुझावहरुलाई ७२ घण्टाको समय दिएका छन् ।