AArya
RUMPUM
animated ellipse animated ellipse

अस्ट्रेलियन क्रिकेटर स्मिथ र वार्नर एक वर्ष प्रतिबन्धसँगै आइपिएल पनि गुमाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७४, बुधबार १८:२१
3
Shares
विराटनगर, १४ चैत / बल टेम्परिङ विवादमा परेका अष्ट्रेलियन क्रिकेटका कप्तान स्टिभ स्मिथ र उप कप्तान डेभिड वार्नरमाथि अस्ट्रेलियन क्रिकेटले एक वर्ष खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतिबन्ध सँगै दुवै जना खेलाडिले इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेल्न नपाउने भएका छन् ।

दुवैलाई अस्ट्रेलियन क्रिकेटले एक वर्ष खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि आइपिएल गुमाएका हुन् ।

स्टिभ राजस्थान रोयल्स र वार्नर सनराइजर्स हैदरावादका कप्तान थिए । कप्तानबाट भने दुवै जनालाई यसअघि नै हटाइएको थियो । अब प्रतिबन्धसँगै उनीहरुले आइपिएल खेल्न नपाउने आइपिएल अध्यक्ष राजीव शुक्लाले बताएका छन्।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ गरेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा अष्ट्रेलियाका खेलाडी क्यामरन बेनक्रफ्टले बल टेम्परीङ गरेका थिए। क्यामरनलाई भने ९ महिनाको प्रतबन्ध लगाइएको छ ।

तीनै जनालाई दक्षिण अफ्रिकाबाट अस्ट्रेलिया घर फिर्ता पठाइएको छ ।

बलिङमा ‘स्वीङ’ ल्याएर ब्याट्सम्यानलाई आउट गर्ने उद्देश्यका साथ पूर्वनियोजित रुपमा टेम्परिङ भएको खुलेपछि उनीहरुमाथि कारबाही गरिएको अष्ट्रेलियन क्रिकेटकले जनाएको छ ।

दक्षिण अफ्रिका विरुद्धको टेस्टका दौरान अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान क्यामरन बानक्रफ्टले बल कोट्याएर स्वरुप परिवर्तन गर्न खोजेको सार्वजनिक भएपछि स्मिथ र वार्नर कारबाहिमा परेका हुन् ।

ओपनिङ ब्याट्सम्यान बानक्रफ्टले न्युल्यान्ड टेस्टका दौरान बल कोट्याएर स्वरुप बिगारेको टेलिभिजन स्क्रिनमार्फत प्रत्यक्ष रुपमा सार्वजनिक भएको थियो । खेलपछि स्मिथ र बानक्रफ्टले घटनाबारे प्रतिक्रिया दिँदै माफी मागेका थिए।

बल कोट्याएर स्वरुप बिर्गादा ब्याट्सम्यानलाई खेल्न अप्ठ्यारो हुन्छ । खेल भावना विपरित बल टेम्परिङ गरेपछि अस्ट्रेलिया क्रिकेटरको विश्वभरबाट आलोचना भइरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर