CLASSICTECH NET

न्यूनतम परिश्रमिक लागु गर्न १० वुँदे भेडेटार घोषणा पत्र

खबर पूर्वाञ्चल, १३ चैत्र २०७४, मंगलवार ०७:४४

धनकुटा / प्रदेश नं.१ मा क्रियाशिल पत्रकारहरुले श्रमजिबी पत्रकार ऐनले तोकेको श्रमजिवी पत्रकारहरुले पाउने न्यूनतम परिश्रमिक लागु गर्न दवाव दिने उदेश्यले १० वुँदे भेडेटार घोषणा पत्र सोमवार जारी गरेका छन् ।

न्यूनतम परिश्रमिक निर्धारण समिति काठमाण्डौंको आयोजनामा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले संयुक्त रुपमा भेडेटार घोषणा पत्र जारी गर्दै समितिले तोकेको न्युनतम परिश्रमिक लागु गर्न माग गरेका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको संयोजनमा सम्पन्न श्रमजिवि पत्रकार सम्वन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा १ नम्वर प्रदेशका १४ जिल्लाका जिल्ला अध्यक्ष लगायत क्रियाशिल २ सय ५० भन्दा वढी पत्रकारहरुको सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुको संयुक्त भेलाले ब्लाष्ट राष्ट्रिय दैनिका सम्पादक एवं प्रकाशक किशोर कुमार कार्की, पत्रकार भरत खड्का र इन्द्र गीरीलाई घोषणा पत्र तयारीको जिम्मेवारी दिएको थियो ।

प्रदेश नं.१ का पत्रकारहरुको भेलावाट पारित गरि तिन सदस्यीय घोषणा पत्र तयारी समितिले तयार गरेको १० वुँदे भेडेटार घोषणा पत्रको ब्लाष्टका सम्पादक एवं प्रकाशक कार्कीले वाचन गरेका थिए भने सहभागी पत्रकारहरुले तालि वजाएर पारित गरेका थिए ।

जारी घोषण पत्रमा श्रमजिवी पत्रकार ऐनको कायाृन्वयन र न्युनतम परिश्रामिक तत्काल लागु गर्नु पर्ने पहिलो माग राखिएको छ । त्यसैगरी विज्ञापन प्राधिकारण ७ वटै प्रदेशमा स्थापना गर्नु पर्ने र समनुपातिक विज्ञापन प्रणालीको अविलम्व लागु गर्न माग गरिएको छ ।
त्यस्तै छापा र विधुतिय संचार माध्यामलाई व्यावस्थित् गर्न र वलियो वनाउन मर्जिङ अवधारणाको मार्ग प्रशस्त गर्नको लागी माग गरिएको, न्युनतम परिश्रमिक निर्धारण समितिले निर्धारण गरेको न्युनतम परिश्रमिक समयअनुकुल भुगोललाई आधार मानेर परिवर्तन गर्न पनि माग गरिएको छ । साथै, प्रत्येक संचार गृहमा कल्याणकारी कोष यथाशिघ्र स्थापना गर्न र स्थापना भए नभएको अनुगमन गर्न सरकारलाई माग गरिएको छ । त्यस्तै प्रेस काउन्सिल नेपालले गर्ने वर्गिकरण लगायतका कामहरुलाई व्यावस्थित्, प्रभावकारी र मर्यादित् वनाउन प्रदेशिक र जिल्ला स्तरमा पनि संयन्त्र वनाउनु पर्ने जोडदार माग गरिएको छ ।

त्यसैगरी स्थानिय संचार माध्याम र ती संचार माध्याममा कार्यरत संचारकर्मीहरुको क्षमता अभिवृद्धि र दिगोपनाको लागी उचित व्यावस्थापन गर्न स्थानिय सरकारलाई माग गर्ने, संचारगृह र संचार माध्यामहरुले न्युनतम परिश्रमिक दिएको, नदिएको माशिक रुपमा अनुगमन गर्न, धनकुटाको भेडेटारलाई प्रदेश नं.१ को पर्यटकिय स्थलको रुपमा विकास गर्न भेडेटारको पर्यटकिय स्थलहरुको प्रवद्र्धन र सम्वद्र्धनको लागी सरकारलाई आवश्याक पहल गर्न र नेपाल पत्रकार महासंघसंग आवद्ध प्रदेश मातहतका सवै जिल्ला शाखाहरुलाई मजवुद, चलायमान र सक्षम वनाउन समेत सरकार समक्ष माग गरिएको छ ।

आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले ऐतिहाशिक रुपमा आगामी वैसाख २३ हुने नेपाल पत्रकार महासंघको प्रदेश सम्मेलनले गैह्र पत्रकारहरुलाई पत्रकार महासंघको सदस्य वनाउने कामको प्रतक्ष्य निर्वाचन प्रणालीवाट अन्त्य हुने वताएका छन् । आचार्यले खव वन्ने प्रदेश समिति अधिकार सम्पन्न कार्यकारी समिति हुने पनि धारणा व्यक्त गरेका छन् । उनले वैसाख २३ गते हुने प्रदेश निर्वाचनको लागी वैसाख ७ गते नै देशैभर िमनोनय दर्ता हुने वताएका छन् । साथै, हरेक जिल्लामा निर्वाचन समिति वनाएर जिल्ला, जिल्लामा नै निर्वाचन गर्ने पनि अध्यक्ष आचार्यले वताएका छन् ।

प्रमुख अतिथि आचार्यले श्रमजिवि पत्रकार ऐन २०१५ साल मै तत्कालिन प्रधानमन्त्री विपि कोईरालाले लागु गर्ने प्रयास गरेपनि कार्यान्वयन हुन नसेको वताउँदै आचार्यले लोकतन्त्र गणतनत्र आएर लागु हुने श्रमजिवी पत्रकार ऐनले पत्रकारहरु नै वलियो हुने वताएका छन् । अन्तरक्रिया कार्यक्रममा न्युनतम परिश्रामिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमजिवी पत्रकारहरको विद्यामान व्यावस्था, समश्या र सामाधानको उपाय विषयक एक कार्यपत्र प्रश्तुत् गरेका थिए । सोही कार्यपत्रलाई टेकेर सहभागी पत्रकारहरुले आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सीनाको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शाखा अध्यक्षहरु, प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष लिलाबल्व घिमिरे, पत्रकार मनिता चामलीङ्ग, प्रेस सेन्टरका राजन केसी, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य गणेश पोख्रेल, पत्रकारहरु धनवहादुर पुरी, नारयण आठपहरिया लगायतले वोलेका थिए । कार्यक्रमको संचालन केन्द्रिय सदस्य षटेन्द्र जगेगुले गरेका थिए । आजको ब्लाष्टमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५